News Portal

  • गणतन्त्र आएको आज ११ वर्ष , गरीवको झुपडीमा न हाँसो न त हर्ष

    नेपालवाल संवाददाताकाठमाडौँ, १५ जेठ
    ११४१ पटक
    काठमाडौँ, १५ जेठ

    नेपालमा गणत्रन्त्र स्थापनाको ११ वर्ष पुगेको छ । ११ वर्षे गणतान्त्रिक अभ्यासमा नेपालले दुई वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो। त्यसपछि विद्यादेवी भण्डारी ०७२ कात्तिक ११ मा राष्ट्रपति चयन भएकी थिइन् । उनी दोस्रो कार्यकालका पनि राष्ट्रपति भएकी छन् । ०७४ फागुन २९ मा राष्ट्रपतिको लागि भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।

    कहिले बन्ने हाे गरिबकाे झुपडी

    देशले एघाराैँ गणतन्त्र दिवस मनाएपनि गरीवकाे झुपडीकाे ब्यथाब्यथामा परिवर्तन हुन सकेकेा अवस्था छैन । गणतन्त्र दिवसका बर्ष फेरिएपनि गरिबका झुपडीमा भने कुनैपनि प्रकारकाे परिवर्तन हुन सकेकाे छैन । अभाव, बेराेजगारी,महङ्गीले गरीवकाे जिवनस्तर झनझन् कस्टकर बन्दै गैरहेकाे छ भने पहुचँवाला सीमित वर्गकाे मात्रै स्वार्थ् पुरा भएकाे देखिन्छ ।

    “नेपालमा गणतन्त्र त आयो तर यसलाई संस्थागत गर्न सकिएको छैन” । नेताहरुले यस्तो भाषण गर्न थालेको पनि ११ वर्ष वितिसक्यो । गणतन्त्र भनेको राजा फालिनु मात्र होईन, मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनु हो । देशमा शान्तिसुशासन स्थापना भई संमृद्धि आउनु हो र जनताको जय-जय हुनु हो ।

    नेपाली जनताले आजको मिति सम्म यसको अनुभूति गर्नु त परै जाओस् यसको लक्षणको सुगन्ध सम्म पाएका छैनन् । अझै रोग, भोक, अशिक्षामा बाच्न बिवस छन् गरीवहरु । प्रत्येक वर्ष जेष्ठ १५ गते गणतन्त्र दिवस आउछ तर गणतन्त्रको वास्तविक सुन्दरतालाई अनुभूति गर्न सकिएन भने गणतन्त्रको अवमूल्यन मात्र नभएर ती शहिदहरु जसले गणतन्त्र र नेपालको परिवर्तनको लागि ज्यान गुमाए उनीहरु प्रति ठूलो अपमान हुनेछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीकाे शुभकामना

    राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताएकी छिन् ।

    उपराष्ट्रपति पुनकाे पनि शुभकामना

    त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्येक नेपालीको आर्थिक – सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा राष्ट्रको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्न तथा देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउन गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। उनले यस दिवसमार्फत गणतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिका लागि सबै नेपालीलाई ऐक्यबद्वता र हातेमालो गर्न आह्वानसमेत गरेका छन् ।

    प्रधानमन्त्री अाेलीकाे शुभकामना

    गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना व्यक्त गरेका छन्। ‘जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो बिहानीमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, मंगलबार बिहान एक ट्विट गर्दै प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘गणतन्त्रलाई केवल शब्द प्रयोजनामा मात्र सीमित नगरी आम जीवनको खुसीयालीमा बदल्न विकास र समृद्धिको यात्रामा अग्रसर होऔं ।’

    प्रतिकृया दिनुहोस्

    रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य

    नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ ।...

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...