News Portal

  • ‘फास्ट ट्र्याक’बाट आफ्नो दूनो सोझ्याउदै सेनाका जर्नेलहरु

    काठमाडौँ, १५ जेठ
    १२६० पटक
    काठमाडौँ, १५ जेठ

    नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका केही अधिकृतहरू नै रुष्ट बनेका छन्।

    नयाँ सैनिक नियमावलीमा सेनानीबाट प्रमुख सेनानी, प्रमुख सेनानीबाट महासेनानीमा बढुवा गर्दा ६० प्रतिशत वरिष्ठता र कार्य क्षमता मूल्यांकन तथा ४० प्रतिशत फास्ट ट्र्याकबाट गर्ने प्रावधान छ। तर सैनिक मुख्यालयमा रहेका केही जर्नेलहरूले आफ्ना मान्छेलाई बढुवा गर्न नियमावली संशोधन नै नगरी विनियम बनाएर सबै क्षेत्रमा फास्ट ट्र्याक लागू गरेपछि विवाद चरमोत्कर्षमा पुगेको छ।

    सैनिक मुख्यालयले ऐन र नियमावलीलाई बेवास्ता गर्दै विनियमावली टेकेर जथाभावी गर्न थालेको भन्ने कारण देखाई सेनाका केही अधिकृतहरूले न्यायका लागि रक्षा मन्त्रालयमा निवेदन दिएका छन्।

    रक्षा मन्त्रालय स्रोतका अनुसार अहिले सैनिक मुख्यालयले नेसनल डिफेन्स कोर्स (एनडीसी), स्टाफ कलेजलगायत अन्य व्यावसायिक तालिममा सहभागी हुनका लागि समेत सबैलाई फास्ट ट्र्याकको नियम लादेपछि न्यायका लागि निवेदन परेको हो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...