News Portal

  • बारामा बबाल : अनिश्चितकालिन कलैया बन्द

    नेपालवाल संवाददाताबारा, १७ जेठ
    ९२७ पटक
    बारा, १७ जेठ

    कलैयामा व्यापारीहरुले बिहिवारदेखि अनिश्चितकालिन कलैया बन्दको घोषणा गरेका छन् । प्रहरीले व्यापारीमाथि ज्यादति गरेको आरोप लगाउदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    बारा उद्योग वाणिज्य संघको नेतृत्वमा नै बन्द आह्वान भएपछी यतिबेला कलैया बजार सुनसान बनेको छ । बुधवार जिल्ला प्रहरी कार्यालयबाट खटिआएको प्रहरीको टोलीले कलैया उपमहानगरपालिका-१ स्थित मनिता एग्रो ईन्टरप्राईजेजमा छापा मारेपछि उनीहरु आक्रोशित भएका हुन् ।

    बिना ईजाजत प्रहरीले छापा मार्न नपाउने उनीहरुको जिकिर छ । आन्तरीक राजस्व कार्यालयको सहभागिता बिना आफै छापामार गरी प्रहरीले  पसलका सञ्चालक पवनकिशोर साहलाई नियन्त्रणमा लिन खोजेकाे व्यापारीहरुले प्रहरी माथि आरोप लगाएका छन् । उनीहरुले प्रहरीले शक्तिको गलत इस्तेमाल गर्न खोजेको दावी गरेका छन् ।

    ‘’राजस्व छलि गरेको वा गुणस्तरहिन समान बेचेको शंका लागेमा नियमानुसार आउनुपर्यो । आन्तरिक राजस्व कार्यालयले भनेपछि प्रहरी आउने हो तर यहाँ प्रहरीले दादागिरी देखाइरहेको छ , यो सहने कुरा होइन ।” बारा उद्योग बाणिज्य संघका अध्यक्ष बिनोद साहले बताए ।

    जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि,आन्तरिक राजस्वका कर्मचारीले राजस्व छली नभएको रिपोर्ट दिदादिदै पनि जिल्ला प्रहरी कार्यालय बाराकी एसपी मिरा चौधरीले व्यापारीमाथि दवाव सृजना गरेको र पसल खोल्न नदिएको भन्दै सबै ब्यापारी एकजुट भएर बन्दको बाटो लिनुपरेको ब्यापारीहरुको दावी छ ।

    पसल बन्द गरेर साँचो सिडियो कार्यालयमा बुझाउने बारा उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद साहले बताएका छन् ।

    बारा जिल्लामा एसपी मिरा चौधरी गत महिना सरुवा भएर आएकी हुन् । हकी स्वभावकी मानिने चौधरी ब्यापारीहरुमाथि अनुदार देखिएकी छिन् । आफूले गलत नगरेको र तस्करी रोक्न लागिपरेको उनको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...