News Portal

  • गृहमन्त्री बादलले गरे ठूला माछा समात्ने प्रतिबद्धता : विप्लवप्रति पनि आक्रामक हुने उद्घोष

    नेपालवाल संवाददाताकाठमाडौँ, २३ जेठ
    ११६९ पटक
    काठमाडौँ, २३ जेठ

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आफू गृह मन्त्री भएपछी जनताले राहत महशुस गरेको दावी गरेका छन । आफूले मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दावी गरेका हुन् ।

    गृहमन्त्री थापाले यातायात सम्वद्ध समितिहरुको दर्ता र नवीकरण रोक्ने निर्णय गरि लामो समयदेखि यातायातको क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरिएको, ३३ किलो सुन काण्डमा छानविन समिति मार्फत तस्करीको जालो तोड्न सफल भएको तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठुलो गिरोह पक्राउ परेको जस्ता कार्यहरु यो अवधीमा गरीएको जानकारी गराए ।

    निर्माणका कार्यमा ढिला सुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदाहरुलाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका नियकाहरुसँगको समन्वयमा कारवाही अघि बढाईएको उनले बताए ।
    जतिसुकै शक्तिशाली ठेकेदार भएपनि उसलाई कारवाहीको दायरामा ल्याएर छोड्ने गृहमन्त्रीको भनाई छ ।
    यस्तै सुन तस्करी प्रकरणमा अब ठुला कारोबारी पनि पक्राउ पर्ने संकेत गर्दै उनले भनर्, ‘ सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन, अब ठुला माछा पनि पक्राउ पर्दैछन् । ’

    सरकारले लिएको विकास र समृद्धीको लक्ष्य प्राप्त गर्न भ्रष्टचार, तस्करी, अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा गृहले सक्रिय रुपमा काम गरीरहेको उनको भनाई छ ।

    उनले भने, ‘ सुशासन कायम गर्न विद्यमान तस्करी, अपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्य सहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनुका साथै ३७ बुंदे निर्देशनहरु सबै जिल्ला प्रशासन कार्यालयमा पठाईएको छ । सोही अनुसार कार्यहरु अघि बढिरहेका छन् । ’

    यस्तै मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियानलाई पनि मन्त्रालयले अभियानको रुपमा लैजान लागेको उनले जानकारी दिए ।

    ट्राफिक व्यवस्थापनको कार्य प्रारम्भ भएको, सात वटै प्रदेशमा प्रदेशिक सुरक्षा गोष्ठी सम्पन गरिएको, लामो समयदेखि रोकिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवा , बढुवा नियमित गरीएको, विदा कटौती तथा सरकारी सवारी साधनको दुरुपयोग रोक्ने जस्ता कार्यलाई यो सय दिनका आफ्नो उपलब्धीको रुपमा गृहमन्त्री थापाले लिएका छन् ।

    आन्तरिक सुरक्षा ऐन, २०७५, नागरिकता ऐनको संशोधन, परिचय पत्र व्यवस्थापन ऐन, सामाजिक सुधार ऐन लगायतका महत्वपूर्ण ऐनहरु सहमतिका लागि कानून मन्त्रालय पठाईएको तथा संघिय प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा रहेको उनले जानकारी गराए ।

    विप्लब नेतृत्वको नेकपाप्रति लक्षित हुदै गृहमन्त्री थापाले कम्युनिष्टको नाममा अस्थिरता निम्ताउने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन् । ” केहीले कम्युनिष्टको नाममा तथा केहीले जातियता, क्षेत्रियता र धर्मका नाममा संविधान विरोधी तथा अस्थिरता निम्ताउने गतिविधि गरीरहेको छन् । त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालय प्रतिवद्ध छ ।” पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...