News Portal

  • धन होइन मन ठूलो भएका कुमारले जगाए राजुको बाच्ने आश

    नेपालवाल संवाददाताभक्तपुर, २९ जेठ
    ३४८० पटक
    भक्तपुर, २९ जेठ

    ”भनिन्छ जसको कोही हुदैनन् त्यसको भगवान हुन्छन्, मेरो जीवनमा भगवान बनेर कुमार दाइ आउनु भयो ।” ठिमीस्थित मध्यपुर अस्पतालमा भेटिएका एक बिरामीले बताए ।

    काभ्रेको नमोबुद्ध नगरपालिका-३ छापका २९ बर्षिय युवक राजु लामा ८ महिनादेखि थलिएका रहेछन् । काम नगरी खान नपुग्ने राजुलाई खुट्टामा अज्ञात रोगले आक्रमण गरेपछि गाउको औषधीमुलोले झन् ओछ्यानमै पुर्याएछ । परिवारको एकमात्र कमाउने मान्छे ओछ्यान परेपछि उनको परिवार आशुमा डुब्ने नै भयो । बुढी आमा, अपाङ्ग छोरा र श्रीमतीको अभिभारा बोकेका राजु हिडडुल नै गर्न नसकेपछि न मरिजानु न गरिखानुको स्थितिमा पुगेछन् ।

    ”गरीवलाई नै लाग्दो रहेछ रोग हजुर ! उपचार गराउने पैसा नहुदा ८ महिना ओछ्यान परे । जिउदो लास बनेको थिए अब बाच्ने आश जागेको छ । कुमार दाइले अस्पताल ल्याउनुभयो क्रमिक सुधार हुदैछ ।” उनले भने ।

    नमोबुद्ध -३ कै भकुन्डेका युवा कुमार लामाले आर्थिक लगायत सम्पूर्ण सहयोग गरेपछि राजु अस्पताल सम्म आउन सकेका रहेछन् । आफ्नो रगतको साइनो नभए पनि कुमारले राजुलाई गरेको सहयोग युवा पुस्तालाई पाठ हुनसक्छ ।

    कुमार लामा ३३ बर्षिय युवक भएपनि उनमा समाजसेवी भाव रहेछ । व्यवसायमा तरक्की गरेका उनी धनको भन्दा पनि मनको ठूला देखिए । नेपालवालले उनी संग सम्पर्क गर्दा उनले आफूलाई आर्थिक अवस्थाकै कारण आफूजस्तै एक युवकले उपचार गराउन नपाएको कुराले असाध्यै पिरलेको र सम्पूर्ण खर्च व्यहोर्ने गरि आफूले अभिभावकत्व लिएको बताए ।

    ” धन ठूलो होइन , मन ठूलो हो । मैले मेरो आम्दानीको १५ प्रतिसत समाजसेवामा लगाउदै आएको छु । राजुको उपचारमा पैसाको कमी हुन दिन्न , मैले यो कुरा डाक्टर साबहरुलाई पनि भनेको छु ।” उनले भने ।

    व्यक्तिगत स्वार्थ र ब्यक्तिवादी जीन्दगीको पछाडी दौडिरहेको बर्तमान नेपाली समाजमा कुमार जस्ता पात्रहरु थपिदै जानुपर्छ । परिवारको घेरा तोडेर समाज, राष्ट्र र मानवताको लागि लागिपर्ने युवा दस्ता नै आमूल परिवर्तनका सम्बाहक हुन् । राजुको अभिभावकत्व ग्रहण गरेर कुमारले आत्म सन्तुस्टी मात्र पाएका छैनन, राजुको परिवार बुढी आमा र अपाङ्ग छोराको आशिर्वाद त पाएकै छन – युवाहरुलाई मार्गनिर्देश समेत गरेका छन् ।

    डाक्टरहरुले बताए अनुसार बिरामी राजुको खुट्टामा घाउहरु कुहिएको र पिपले भरिएको छ तर उपचार भने सम्भव छ । उनमा क्रमिक सुधार हुदैछ । कुमारको प्रयास सफल होस् , राजु तन्दुरुस्त भएर फर्कुन् भन्ने हाम्रो पनि शुभेक्षा छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...