News Portal

  • नेपालमा चीनकाे लगानी ह्वात्तै बढ्यो

    नेपालवाल संवाददाताकाठमाडाैं, ३ असार
    ९२९ पटक
    काठमाडाैं, ३ असार

    नेपालमा चीनकाे लगानी ह्वात्तै बढेकाे छ । यसअघि वार्षिक ३ अर्बकाे लगानी गरिरहेकाे चिनले यस वर्ष १० महिनामै ४३ अर्ब लगानी गरिसकेकाे छ । यसबाट नेपालमा चीनकाे लगानी निकै धेरै बढेकाे देखिएकाे हाे ।

    यससँगै नेपालमा लगानी बढाउने चिनकाे आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी पनि बढ्दै गएको देखिन्छ । चीनले नेपालकाे उद्योग, जलविद्युत्, होटेलगायत क्षेत्रमा लगानी गरेकाे छ ।

    उद्योग विभागका अनुसार हालसम्म नेपालमा २ खर्ब ६२ अर्ब ८१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । यसमध्ये करिब ४० प्रतिशत लगानी हिस्सा चीनको छ । हालसम्म चीन (हङकङ र ताइवानसमेत)ले नेपालमा १ खर्ब ५ अर्ब ७६ करोड रुपैयाँ लगानी प्रतिबद्धता गरेको छ । जब कि भारतको लगानी प्रतिबद्धता ८६ अर्ब ८६ करोड रुपैयाँ रहेको विभागको तथ्यांक छ ।

    चालू आर्थिक वर्षको १० महिनामा नेपालमा ४९ अर्ब ८७ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । विभागमा आएको लगानी प्रतिबद्धतामा चिनियाँ हिस्सा झन्डै ९० प्रतिशत रहेको छ । अर्थात् उक्त १० महिनामा चीनले नेपालमा ४३ अर्ब १० करोड रुपैयाँबराबरको लगानी गर्ने प्रतिबद्धता गरेको हो ।

    गत वर्ष सरकारले आयोजना गरेको विदेशी लगानी सम्मेलनमा सहभागी चिनियाँ कम्पनीले नेपालमा ८ खर्ब रुपैयाँ लगानी गर्न इच्छा देखाएका थिए । सम्मेलनमा सहभागी आधा दर्जन कम्पनीले जलविद्युत्, सुरुङमार्ग, सडक तथा एयरपोर्टलगायत क्षेत्रमा ८.३ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेका थिए । सम्मेलनमा कुल १४ खर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यसमध्ये करिब ६० प्रतिशत लगानी प्रतिबद्धता हिस्सा चीनको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा नेपालको दुई मुलुकको निजी क्षेत्रबीच नेपालमा ४० अर्ब रुपैयाँ लगानी गर्नेबारे समझदारी हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको अवसर पारेर कम्तीमा तीनवटा जलविद्युत् परियोजनामा संयुक्त लगानी गर्ने गरी समझदारी हुने निश्चित भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

    ‘नेपालमा ठूलो लगानी गर्न चिनियाँहरू इच्छुक देखिएका छन्, जलविद्युत्लगायत क्षेत्रमा चिनियाँ लगानी ओइरिँदै छ,’ उनले भने, ‘सरकारले अनुकूल वातावरण बनाउनुका साथै सहजीकरण गरेर लगानी भित्र्याउनुपर्छ ।’ उक्त तीनवटा परियोजनाबाहेक पनि सिमेन्टलगायत अन्य उद्योगमा समेत संयुक्त लगानीको सम्झौता हुन सक्ने उनले बताए ।

    बितेको एक वर्षमा नेपालमा करिब एक दर्जन चिनियाँ प्रतिनिधिमण्डलले आर्थिक–व्यापारिक भ्रमण गरेका छन् । अखिल चीन उद्योग वाणिज्य महासंघ, ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म, चीनको प्रान्तीय उद्योग वाणिज्य संघहरूलगायत निजी संघसंस्था तथा सरकारी टोलीले नेपालमा भ्रमण गरेका छन् । उनीहरूले नेपाल सरकार र निजी क्षेत्रसँग व्यापार तथा लगानीका विषयमा छलफलसमेत गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमण्डलले पनि थुप्रैपटक चीन भ्रमण गरेका छन् । निजी क्षेत्रका एक–अर्को मुलुकको भ्रमणका क्रममा समेत नेपालमा चीनको लगानी वृद्धिका लागि छलफल तथा वार्ता हुने गरेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

    जेठ ०७४ मा नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा नेपाल चीन गैरसरकारी सहयोग मञ्चको १४औँ बैठक काठमाडौंमा आयोजना भएको थियो । कात्तिक ०७४ मा चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फिङ सिआओको नेतृत्वमा १२ सदस्यीय टोलीले नेपाल भ्रमण गरेको थियो ।

    माघ ०७४ मा ग्वाङजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन्वयमा चिनियाँ ६ सदस्यीय टोली नेपाल आएको थियो । माघ दोस्रो सातामै सिसिपिआइटी साङडोङका उपाध्यक्ष लिउ सिओजिआङको नेतृत्वमा सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको थियो ।

    काठमाडौंमा आयोजना भएको अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन फागुन ०७४ मा चीनको लिन्यी सिटी सिपिपिसिसीका उपाध्यक्ष ली चोङताओको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल आएको थियो । सोही कार्यक्रममा सहभागी हुन चीनको वाणिज्य मन्त्रालयको व्यापार विकास विभागका उपनिर्देशक चीन होङ पनि सहभागी थिए ।

    चैत ०७४ मा चीनको ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका संस्थापक सु याको नेतृत्वमा एक प्रतिनिधिमण्डल आएको थियो । जेठ ०७५ मा चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओको नेतृत्वमा व्यापारिक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...