News Portal

  • भक्तपुरको गार्निस होटलमा रात बिताएका एक जोडी मृत अवस्थामा भेटिए

    नेपालवाल संवाददाताभक्तपुर, ६ असार
    ५८३६ पटक
    भक्तपुर, ६ असार

    भक्तपुरको एक होटलमा एक जोडी मृत अवस्थामा फेला परेका छन् । बर्ष ३० को युवक र बर्ष २२ की  युवती मृत अवस्थामा फेला परेका हुन् ।
    सुर्यविनायक नगरपालिका – ९ बाँसघारीस्थित गारनिस होटलबाट उनीहरुलाई प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

    बुधवार दिउँसो करीव ३ बजेसम्म  कोठा नं. २०३ को ढोका नखुलेपछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत जगातीबाट खटिइ गएको टोलीले ढोका फोडेर हेर्दा कोठामा बसेका दुवै जना मृत अवस्थामा फेला परे ।

    मृत अवस्थामा फेला पर्नेमा भक्तपुर् नगरपालिका – १३ दरवार स्क्वायर बस्ने बर्ष ३० को जीवन तोयना श्रेष्ठ र दोलखा जिल्ला बोच गाउँपालिका- ८ बस्ने बर्ष २२ की मुन्नी तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जनाएका छन् । मंगलबारदेखि होटलको कोठा नं. २०३ बुक गरी  जीवन र मुन्नी गारनिस होटलमा बसेका थिए ।

    ”होटलको कोठाको ढोका फोडी हेर्दा महिला मुन्नी तामाङ खाटमा रगताम्य अवस्थामा मृत भेटिइन् र पुरुष जीवन तोयना श्रेष्ठ अटेच बाथरुम भित्रको नुहाउने सावरमा पलाष्टिकको कम्मर बेल्ट घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिए ।” प्रहरी निरीक्षक पाण्डेले बताए ।

    शवलाई पोस्ट मार्टमको लागि अस्पताल पुर्याइएको छ । कोठाको खानतलासी गर्दा सिसाको टुक्राहरु समेत फेला परेको र घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...