News Portal

  • भक्तपुरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न : गोप्य लेखिएका छाप हुर्याइदिन अपिल

    नेपालवाल संवाददाताभक्तपुर, ७ असार
    २६३५ पटक
    भक्तपुर, ७ असार

    राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनताको सूचना पाउने हकको सम्मान हुन् नसकेको बताएका छन् । गोपनियताको नाममा जनताले सहजै सूचना पाउन नसकेको जिकिर गर्दै बाँस्कोटाले गोप्य लेखिएका स्टाम्प हुर्याइदिन अपिल गरेका छन् ।

    बिहीवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरद्वारा दुधपाटीमा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बोल्दै पूर्व सचिव समेत रहेका प्रमुख आयुक्त बाँस्कोटाले जनताको मानो खाएर बसेका सबैजना जनता प्रति जवाफदेयी हुनुपर्ने बताए । सार्वजनिक पदमा आसिन व्यक्तिहरुको व्यक्तिगत बाहेक पद र कार्यालयसंग सम्बन्धित कुनै पनि कुरा गोप्य नहुने उनको तर्क छ ।

    यदि अझै पनि कर्मचारीले गोप्यको छाप लगाएर सूचना लुकाउने र सहजै सूचना नदिने गरेमा उनीहरुलाई कारवाही गर्नुपर्नेमा बाँस्कोटाले जोड दिए ।

    उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जिल्लास्थित कार्यालयहरुमा सूचनाको हकको सम्मान हुन् नसकेको स्वीकार गर्दै जनताले सजिलै सूचना पाउने बातावरण बनाउन आफूले पहल गर्ने प्रतिबद्धता प्रकट गरे ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै कार्यालयमा सूचना अधिकारी राख्ने र सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने दावी गर्दै त्यसको अनुगमन गर्न सरोकारवाला संलग्न एक संयन्त्र बनाउने बताए ।

    पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीको अध्यक्षतामा संचालित अन्तरक्रिया कार्यक्रममा पत्रकार नारायण किलम्बु , सोम शर्मा बजगाइ लगायतले सूचनाको हक सम्बन्धी जिल्लाको अवस्था अवगत गराएका थिए ।

    जिल्लास्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित पत्रकार,सूचना अभियन्ता लगायतको उत्साहप्रद सहभागीता रहेको थियो ।  उक्त अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा नवनिर्वाचित समावेशी सचिव अमर भुजु, सदस्यद्वय भगवती थापा र लक्ष्मी गारुलाई सम्मानसमेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...