News Portal

  • पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले मनायो वार्षिकोत्सव : फोटो फिचर

    नेपालवाल संवाददाताभक्तपुर, १५ असार
    १९७७ पटक
    भक्तपुर, १५ असार

    राष्ट्रिय परीक्षा बोर्डले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । सानोठिमीस्थित बोर्डको सभाहलमा विशेष कार्यक्रमका बीच तेश्रो वार्षिकोत्सव मनाइएको हो ।

    तीन वर्ष पहिले आजैका दिन असार-१५ देखि लागू हुनेगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परीषदको खारेजी र राष्ट्रिय परीक्षा बोर्ड स्थापना गर्ने नीतिगत व्यवस्था भएको शिक्षा ऐनको आठौ संसोधन संसदबाट स्वीकृत भएको थियो । त्यसैले असार-१५ लाइ बोर्डले वार्षिकोत्सवकोरुपमा मनाएको बताइएको छ ।

    यस अघि पहिलो र दोश्रो स्थापना दिवस भने मनाइएको थिएन । बोर्डको प्रथम अध्यक्षको रुपमा प्रा डा चन्द्रमणी पौडेल नियुक्त भएसंगै बोर्डले तेस्रो बर्षमा आफ्नो स्थापना दिवस मनायो ।

    तेश्रो बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल निम्त्याइएका थिए । यस कार्यकालमा पहिलो पटक बोर्डमा पाइला टेकेका मन्त्री पोखरेलले आफ्नो अघिल्लो कार्यकालमा आफ्नै पहलमा बोर्डको जन्म भएकोले बर्थ डे मनाउन पाउदा खुशी लागेको बताएका थिए ।

    आफू मन्त्रीपरिषदको बैठक छोडेर पानसमा बत्ती बाल्न मात्र उपस्थित नभएको जिकिर गर्दै मन्त्री पोखरेलले लाखौ बिद्यार्थीहरुको भविष्यको बत्ती बाल्ने अभिभारा बोर्डले बोक्नुपर्ने बताए ।

    ”परीक्षा जस्तो बिषयमा खेलवाड सह्य हुदैन । ट्रेड युनियनबादको नाममा काममा हस्तक्षेप हुनुहुदैन ।” उनले भने । मन्त्री पोखरेलले परीक्षाको नतिजा लाखौ बिद्यार्थी र अभिभावकको मात्र होइन देशकै भविष्यसंग जोडिएकोमा जोड दिंदै यसमा गडबड नगर्न र जिम्मेवार बन्न समेत निर्देशन दिए ।

    उक्त अवसरमा मन्त्री पोखरेलले बोर्डको सम्बेदनशीलता र बिस्वसनियतामा आँच पुर्याए आफू देशको सबैभन्दा विस्वासिलो निकायलाई अनुसन्धानको लागि आग्रह गर्न बाध्य बन्ने चेतावनी समेत दिएका थिए ।

    कार्यक्रमको अध्यक्षता गरेका बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले सिकाइ मूल्यांकनको महत्वपूर्ण जिम्मेवारी पाएको परीक्षा बोर्ड आफ्नो जिम्मेवारीप्रति सजग, संवेदनशील र उत्तरदायी रहने प्रतिबद्धता प्रकट गरेका थिए । उनले भर्खरै प्रकाशित माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसइइ) को परीक्षाफल प्रकाशनमा गल्ती भएको स्वीकार गर्दै आफूहरुले गल्ती नलुकाएर गल्ती सच्याएकोमा स्यावासी दिनुको सट्टा शंका भएको भन्दै दुख व्यक्त गरे ।

    उनले परीक्षामा दायाँबायाँ नहुने दावी गर्दै यसलाई अझ विश्वसनीय बनाएर आगामी दिनमा अघि बढ्ने बताएका थिए ।

    उक्त अवसरमा बोर्डका उपाध्यक्षसमेत रहेका शिक्षा सचिव खगराज बराललगायत बोर्डका सदस्यहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बोर्डको पृष्ठभूमी , बर्तमान अवस्था , चुनौती र भावी कार्यदिशा बारे प्रकाश पारेका थिए भने सदस्य प्रा. अमोदा श्रेष्ठले १४ लाख बढी विद्यार्थीको परीक्षाको काम गर्न बोर्डमा ३ सय ४२ कर्मचारी मात्र भएको भन्दै कर्मचारी व्यवस्थापन गर्न गार्हो रहेको गुनासो गरीन् ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...