चार दिन अघि चाँगुनारायण नगरपालिकाकी एक युवतीलाई जवर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा रौतहट जिल्ला स्थायी घर भई हाल चागुँनारायण नगरपालिका- ४ बस्ने १८ वर्षीय युवक सन्तोष कुमार रजक पक्राउ परेका हुन् ।
चाँगुनारायण नगरपालिका-४ स्थित फुलबारीमा गाईबस्तु चराउन गएको अवस्थामा अपाङ्गता भएकी एक युवतीलाई रजकले जवर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका १८ वर्षका रजकले बर्ष २२ की शारिरिक रुपमा फरक क्षमता भएको (बोल्न सुन्न नसक्ने) युवतीलाई ललाई फकाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए । रजकलाई पक्राउ गरि जवर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले बताए ।