News Portal

  • परीक्षा दिएर विद्यालयबाट घर फर्किरहेका विद्यार्थीहरुलाई बाढीले बगायो

    नेपालवाल संवाददातापर्सा, १८ असार
    १०२६ पटक
    पर्सा, १८ असार

    परीक्षा दिएर विद्यालयबाट घर फर्किरहेका बिद्यार्थीहरुलाई बाढीले बगाएको छ । बाढी बगाएका एक किसोरीको मृत्यु भएको छ भने एक किसोर बेपता बनेका छन । दुइको भने स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ ।
    पर्सागढी नगरपालिका–४ स्थित फन्ती खोलामा आएको बाढीले उनीहरुलाई बगाएको थियो ।

    बर्वाछटौली उच्च माध्यामिक बिद्यालयका बिध्यार्थीहरु सोमबार परीक्षा सकाएर घर फर्किने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले २ को उद्धार गर्न सफल भयो । बाढीले बगाएका १५ वर्षीया संगीता चौरासियालाई र १५ वर्षीय सुमन पासवानलाई उद्धार गरिएको हो ।

    सोही नगरपालिका–८ बस्ने १५ वर्षीया प्रतिमा रामको भने मृत्यु भएको प्रहरीले जनाएको छ । साथै सोही ठाउँ बस्ने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...