News Portal

  • भक्तपुरमा अधिकांश पसल गैरकानूनी : नगरपालिकाले दियो यस्तो निर्देशन

    भक्तपुर, १ साउन
    २५१० पटक
    भक्तपुर, १ साउन

    भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।

    अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, नारायण किराना स्टोरमा म्याद नाघेको सामान मिक्स फ्रुट जाम–८ र फ्लिक मिल्क चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गरिएको, मिति नभएको सैंजु दही भेटिएकाले मिति नभएको बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, फ्रिज राख्ने फलामे फ्रेम हटाउन र पसल व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

    त्यस्तै, अनुगमनकै क्रममा कक्षपति किराना पसलमा प्याकिङ सामानमा लेबल नभएको, म्याद नाघेको सामान पान्टेन स्याम्पु एक, डिटोल ह्यान्ड वास एक र श्रीशिव पञ्जाबी मसला पापड एक भेटिएकाले त्यस्ता सामान नष्ट गरिएको छ । त्यस्तै, पेटीमा राखेको फ्रिज राख्ने फ्रेम तीन दिनभित्र हटाउन निर्देशन दिएको छ ।

    यता मेरो श्रेष्ठ किराना पसलमा प्याकेजिङको समानमा लेबल नराखी बिक्री गरेको, प्रजापति भेज स्टोरले एउटा पसल दर्ता गरी दुई वटा सञ्चालन गरेको, प्याकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएको छ ।

    त्यस्तै, गणेश मिठाई पसलमा ढक तराजु नमिलेको र नापतौल विभागमा नवीकरण नगरेको पाइएको, मूल्यसूची नराखेको, किचेन फोहर भएको, पुरानो र बासी मिठाई बिक्री गरिरहेको पाइएकाले त्यस्ता मिठाई नष्ट गरिएको, पेटीको सामान हटाउन र नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।

    न्यू गुप्ता पान पसल तीन दिनभित्र पसल दर्ता गर्न, मूल्यसूची राख्न र पेटीको सामान हटाउन सुझाव दिएको अनुगमन समितिका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

    अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा स्यानिटेसनका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका रामशरण तामाङ, जिल्ला प्रशासन कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागितामा सोमबार बजार अनुगमन गरिएको  थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...