News Portal

  • चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सरकार तयार

    नेपालवाल सम्वाददाता काठमाडौं,३ साउन
    ८४८ पटक
    काठमाडौं,३ साउन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न तयार रहेको बताएका छन् । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पारेका हुन् ।

    शिक्षा मन्त्रालयले विहीवार पत्रकार सम्मेन गरी व्यवस्थापिका संसदको आफ्नै विधि र प्रक्रिया हुने भएकाले परिमार्जन वा संशोधन हुन सक्ने तर फिर्ता नहुने जिकिर गरेका हुन् ।

    चिकित्सक डा गोविन्द केसी बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विधेयक फिर्ताको माग गर्दै अनशनरत छन् ।

    मन्त्री पोखरेलले व्यवस्थापिका संसदले विधेयकबारे प्रक्रियागत रुपमा निर्णय गर्ने र बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने समेत स्पष्ट पारेका छन् ।

    मन्त्री पोखरेलले बाहिर आलोचना भए जसरी विधेयकको मूल मर्म केदारभक्त माथेमा आयोगको प्रतिवेदनसँग नबाझिएको जिकिर गर्दै सबै प्रतिवेदन कानून नबने स्पष्ट पारे ।

    केसीले माथेमा आयोगको प्रतिवेदनअनुसार १० वर्षसम्म काठमाडौँ उपत्यकाका नयाँ मेडिकल कलेज खेल्न सम्बन्धन दिन नहुने माग गर्दै आएका भएपनि विधेयकमा त्यस्तो बन्देजको प्रावधान नभएपछि केसी जुम्लामा अनशन बस्दै आएका छन् ।

    सरकारले विहीवार बिहान अनशनरत चिकित्सक डा केसीको जीवन रक्षाका लागि काठमाडौँ ल्याउन हेलिकोप्टर पठाएको छ । मन्त्री पोखरेलले डा केसीलाई काठमाडौँ ल्याउने काममा सघाउन कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिलामन्त्री तथा प्रतिष्ठानका उपकुलपतिलाई आग्रह गरिएको जानकारी दिए ।

    विधेयक फिर्ता हुँदैन । अध्यादेश अब आउँदैन । विधेयक प्रक्रियामा गइसकेको छ । प्रजातन्त्रका लागि लडेको मान्छेले निर्वाचित संसद्को गरिमा, मूल्य र मान्यता बुझिदिनुपर्छ । अब संशोधनको बाटोबाट जानुपर्छ । मन्त्री पोखरेलले भने ।
    केसी काठमाडौँ आए सकारात्मक रुपमा सल्लाह गरेर संसद्को प्रक्रियाअनुसार कार्यसूचीमा छलफल गर्न सकिने उनको भनाइ थियो । व्यवस्थापिका संसदको आजको बैठकमा सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

    मन्त्री पोखरेलले सरकारले पठाएको चिकित्सकबाट डा केसीले उपचार नलिएको, औषधि नखाएको र नेपाल चिकित्सक संघलाई काठमाडौँ ल्याउन सहयोगका लागि आग्रह गर्दा सहयोग नगरेकामा चिन्ता व्यक्त गर्दै डा केसीको वार्ता टोलीले एक सूत्रीय रुपमा विधेयक फिर्ताको माग राखेर वार्तामा गम्भीरता नदेखाएको आरोप लगाए ।

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...