News Portal

  • बोडेमा एक स्कूल बस पल्टदा ५९ घाइते : ३ को अवस्था गम्भीर

    नेपालवाल संवाददाताभक्तपुर, ३ साउन
    १०२४ पटक
    भक्तपुर, ३ साउन

    मध्यपुरठिमी नगरपालिका -९ निलबराही बोडेमा एक स्कूल बस पल्टदा ५९ घाइते भएका छन् । क्रिश्चियन कम्युनिटी स्कूल मुलपानी काठमाण्डौको बा. १ क. ९२५० नं. को स्कूल बस पल्टदा बसमा सवार ५९ जना घाइते भएका हुन् ।

    बिद्यालयबाट बिद्यार्थी घर पुर्याउन हिडेको बस बेलुकी अन्दाजी पौने पाँच बजेतिर सडकको किनारामा भासिदा सडकबाट करीव ३ मिटर तल पल्टिएको थियो । बस पल्टदा बसमा सवार ५८ जना विद्यार्थी र १ सहचालक सहित ५९ जना घाईते भएका छन् भने बसका चालक भने फरार रहेको जानकारी प्राप्त भएको छ ।

    घाइतेहरुहरुको नागरीक सामुदायिक अस्पताल गठ्ठाघर र मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको बताइएको छ । सहचालक अनिल थापासहित ३ को अवस्था गम्भीर रहेको र एक चार बर्षिय छात्रा प्रतिज्ञा श्रेष्ठलाई थप उपचारको लागि केएमसी अस्पताल पुर्याइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता रेवती रमण पोखरेलले पुष्टि गरेका छन् ।

    घटना लगत्तै स्थानिय र प्रहरी उद्धारमा जुटेकाे र पल्टिएको बसलाई क्रेनको सहायताले निकालिएको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...