News Portal

  • प्रमाण पत्र लिएपछि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइदैन: परीक्षा नियन्त्रक शर्मा(हेर्नुस् अन्तर्वार्ता)

    भक्तपुर, १७ साउन
    ६९५९ पटक
    भक्तपुर, १७ साउन

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ र आंशिक तर्फ १ लाख १७ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए । बोर्डले परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक गरेको छ । सधै समयमा नतिजा ननिकाल्ने भनेर आलोचना खेपिरहेको बोर्डले यसपटक १ महिना अघि नै नतिजा निकाल्न सफल भएको छ । त्यति मात्र होइन , सवै बिषयको एकैपटक परीक्षाफल प्रकाशन भएको पनि यो पहिलोपटक हो । प्रस्तुत छ, यसैको सेरोफेरोमा रहेर राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा संग गरिएको कुराकानीको संक्षिप्त अंश  :

    समयमा परीक्षाफल प्रकाशन नगर्ने परीक्षा बोर्डले यसपटक कक्षा १२ को परीक्षाफल एक महिना अगाडि नै गर्यो । तपाईले के जादु गर्नु भयो ?

    – यो जादु होइन । हामी सवैको कामप्रतिको लगाव र इमान्दारिताको प्रतिफल हो । हामीले उत्तर पुस्तिका परीक्षण देखि समपरीक्षण सम्म सवै काम प्यारालल्ली लिएर गयौ । एउटा काम सकेर अर्को शुरु गर्ने होइन कि सबैलाई संगसंगै लिएर जाँदा यो सम्भव भएको हो ।

    पहिले पहिले दुई चरणमा नतिजा निकाल्दा पनि ढिलाई हुने गर्दथ्यो तर यसपटक सवैको एकैचोटी नतिजा निकाल्दा पनि चाडो हुनु त अचम्मै भएन र ?

    -हो, तपाईले भने जस्तो हामीमा दुई चरणमा रिजल्ट गर्ने अभ्यास थियो । पहिले विज्ञान विषयको रिजल्ट गरेपछि त्यसको पनि केहि महिनापछि हामी अरु विषयको रिजल्ट गर्थ्याै । त्यसो गर्दा पनि भ्याई नभ्याई नै हुन्थ्यो । यसपटक सवैको एकैपटक गर्दा पनि चाडै गर्न सकियो । यसलाई अचम्म भन्दा पनि असल शुरुवात भन्दा उत्तम होला ।

    एकैपटक नतिजा निकाल्न सकिन्छ भन्ने सोच कहाँबाट आयो ?

    – परीक्षा नियन्त्रकको रुपमा यो मेरो पहिलो परीक्षा भएपनि डेपुटी भएर मैले लामो समय काम गरेको अनुभव मसंग थियो । त्यतिबेलाको अनुभवबाट मलाइ यो काम गर्ने आँट आयो । यसमा बोर्डका पदाधिकारीज्युहरुको सुझाव र मेरा सहकर्मी मित्रहरुको सहयोगले पनि काम गर्यो ।

    तपाई परीक्षा नियन्त्रक भएपछि यो राम्रो शुरुवात भयो । यसको निरन्तरता रहला वा यो नयाँ नियन्त्रकको क्षणिक काम देखाउने कोशिश मात्र हो ?

    – अव बोर्डले परीक्षाफल प्रकाशनमा यसरी नै तदारुकताका साथ् काम गर्ने कुरा म परीक्षा नियन्त्रकको नाताले विश्वास दिलाउन चाहन्छु । अध्यक्षज्यु तथा बोर्डका पदाधिकारीज्युहरुको मार्गनिर्देशन र हामी कर्मचारीहरुको निरन्तरको खटाइमा तालमेल मिलेको अवस्था छ । हामीहरु एक साता सम्म रातको ११ बजे सम्म पनि बसेर परीक्षाफल प्रकाशनको सम्पूर्ण तयारी गरेका हौ । गर्नुपर्छ भनेर अठोट लिएपछि गर्न सकिदोरहेछ भनेर हामी उत्साहित बनेको अवस्था पनि हो यो । म मात्र होइन अव जो परीक्षा नियन्त्रक आए पनि परीक्षाफल प्रकाशनमा ढिलाई हुदैन किनभने कामले ट्रयाक लिइसकेको अवस्था छ ।

    यसपटकको पास आउट ग्रेडीङमा आधारीत प्रमाणपत्र पाउने पहिलो ब्याच पनि हो । बजारमा कस्तो प्रतिक्रिया आउला भन्ने आशा गर्नु भएको छ ?

    -हो , हामीलाई यसले औधि उत्साहित बनाएको छ । हिजोका दिनमा अंकमा आधारीत प्रमाणपत्र पाइरहेका विद्यार्थीहरुले यसपटक ग्रेड सीट पाउने भएका छन् । मुल्यांकन प्रणालीमा हामीले कहिँ कतै गल्ती गरेका छैनौ । संसारभर हाम्रा विद्यार्थीहरुको एकेडेमिक जाँच गर्ने औजारको रुपमा यसले भूमीका खेल्नेछ । एसइइमा अभ्यस्त भैसकेका हुनाले विद्यार्थी र अभिभावक पनि यसप्रति अनभिज्ञ नभएको कारण यसले सकारात्मक नै प्रभाव पार्ने विस्वास छ ।

    आफूले प्राप्त गरेको ग्रेड प्रति चित्त नबुझे के गर्न सकिन्छ ?

    -यस्ता विद्यार्थीहरुले सीधै सानोठिमीस्थित परीक्षा बोर्डमा वा सम्पर्क कार्यालयहरुमा प्रति विषय रु ५ सय तिरेर भदौ १ गते भित्र पुनर्योगकोलागि आवेदन दिइसक्नु पर्नेछ । अर्को कुरा एक विषयमा अनुपस्थित, D+ वा सो भन्दा कम ल्याउनेले यसै वर्षमा माैका (पुरक) परीक्षा दिएर ग्रेड वृद्धि गर्न पाउछन् । धेरै विषयमा ग्रेड वृद्धि गर्नु पर्ने भए अर्को वर्ष कुर्नै पर्ने हुन्छ ।

    शैक्षिक योग्यताको प्रमाणपत्र लिइसके पछि ग्रेड वृद्धि गर्न मन लाग्यो भने कस्तो व्यवस्था छ ?

    – त्यो सम्भव छैन । ग्रेड वृद्धि गर्नु पर्ने बिषयमा ग्रेड वृद्धि नगरी सामान्यतया हामी प्रमाणपत्र दिदैनौ । यदि कसैले मलाइ ग्रेड वृद्धि आवस्यक छैन भनेर लिन्छ भने त्यस्तो विद्यार्थीले ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउदैन । यदि भएमा उनीहरुको परीक्षा स्वत: रद्द हुनेछ ।

     

    हेर्नुस्  कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा सम्वन्धी अत्यन्त जरुरी सूचना

    नतिजा हेर्न तलको लिंकमा क्लिक् गर्नुहोस् ।

    http://www.neb.gov.np/results

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा बालकरामले छेडाए जिब्रो, जात्रा हेर्न मन्त्री किराती सहित हजारौंको भिड

    येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ...

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन स्थगित

    राजधानी केन्द्रित आन्दोलनरत राहत शिक्षकहरूका माग सम्बोधन भएका छन् । सरकार र अन्दोलित राहत शिक्षक...

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको...

    मध्यपुर थिमिमा सिंहावलोकनको नयाँ शुरुवात

    madhyapur thimi municipality thimi

    मध्यपुर थिमि नगरपालिकाले वार्षिक प्रगतीको समीक्षा गर्ने प्रचलन शुरु गरेको छ । नगरपालिकाले चागु आवको...

    ताथलीमा महायज्ञको उद्घाटन : सांसद थापाले गरे आयोजक बालयोगेश्वर विजयमूर्तिको प्रशंसा

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति...