News Portal

  • भारत सरकारका केन्द्रीय मन्त्रीसँग नेपाली व्यवसायीहरुले मागे आकासे पुल

    नेपालवाल संवाददातापर्सा, १९ साउन
    ९७५ पटक
    पर्सा, १९ साउन

    भारत सरकारका एक मन्त्री सामु नेपाली व्यवसायीहरुले आफ्ना माग राखेका छन । भारतका सडक पारबहन तथा राजमार्गमन्त्री नितीन गडकरीसमक्ष वीरगन्ज उद्योग वाणिज्य संघले माग प्रस्तुत गरेको छ ।

    केन्द्रीय पारवहनमन्त्री गडकरीसामु संघका अध्यक्ष ओमप्रकाश शर्मा तथा पूर्वअध्यक्ष एवं नेपाल–भारत मैत्री संघका अध्यक्ष अशोक वैदले आकासे पुल बनाइदिन आनुरोध गरेका हुन् । रक्सौलको रेल्वे क्रसिङका कारण हुने जामले पर्यटक, सर्वसाधारण तथा मालसामानको आवागमनमा समस्या परेको भन्दै त्यहाँ  निर्माण गरिदिन उनीहरुले आग्रह गरेको जानकारी प्राप्त भएको छ ।

    मोतीहारी–पिप्रा–रक्सौल मार्गलाई ४ लेनमा स्तरोन्नति गर्न, रक्सौललाई आधुनिक सहरका रूपमा विकास गर्न, मितेरी पुलको समानान्तर अर्को पुल निर्माण गरिदिन पनि संघले आग्रह गरेको बताइएको छ । संघका मागप्रति आफ्नो ध्यानाकर्षण भएको र आफूले गम्भीरताका साथ पहल गर्ने गडकरीले आश्वासन दिएको पूर्वअध्यक्ष वैदले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...