News Portal

  • भक्तपुरका एक युवक नक्कली पेस्तोलसहित पक्राउ

    नेपालवाल संवाददाताभक्तपुर, २३ साउन
    २३२९ पटक
    भक्तपुर, २३ साउन

    भक्तपुरको चाँगु नारायण नगरपालिका दुवाकोट घर भएका एक युवकलाई प्रहरीले नक्कली पेस्तोल सहित पक्राउ गरेको छ । आइतवार उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट घर भै काठमाडौं महानगरपालिका-११ सुन्धारामा डेरा गरी बस्ने २४ वर्षीय राजकुमार के.सी.रहेका छन् । उनलाई मेड इन युएस जिएमएम लेखेको नक्कली पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । केसीले धाकधम्की र गलत प्रयोजनको लागि नक्कली पेस्तोल राखेको प्रहरीको अनुमान छ ।

    नक्कली पेस्तोलसंगै केसीको साथबाट धारिलो हतियार छुरी १ थान, नियन्त्रित लागूऔषध डाईजोल्याप ३६ एम्पुल र फेनारगन ३४ एम्पुल समेत बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।

    के.सी.ले उक्त लागूऔषध काठमाडौं महानगरपालिका-१० थापागाँउ बस्ने १९ वर्षीय अनिश थापा मगरबाट खरिद गरेको भनी बताएपछि प्रहरीले मगरलाई समेत पक्राउ गरेको खवर प्राप्त भएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...