News Portal

  • के निशानको जीवितै उद्दार सम्भव थियो ?

    नेपालवाल संवाददाताकाठमाडौँ, २३ साउन
    ९०७ पटक
    काठमाडौँ, २३ साउन

    राजधानीको काँडाघारीबाट आइतवार साँझ अपहृत बालक निशान खड्काको जीवितै उद्दार सम्भव थियो ? विज्ञहरुको रायअनुसार, प्रविधिको प्रयोगमा सहजता र प्रहरीबीच समन्वय भएको भए बालकको जीवितै उद्दारको सम्भावना थियो । बालक अपहरणको सूचना प्राप्त भए लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो, यस्ता घटनामा ठूलो मात्रामा सुरक्षाफौज परिचालन गर्नुले अपहृत व्यक्तिको ज्यान जाने खतरा बढी हुन्छ, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्नुभयो ।
    अपहरणकारीले आइतवार साँझ ८ बजे बालककी आमालाई दुई पटक फोन गरी फिरौती माग गरिसकेका थिए, ती अधिकारीले भन्नुभयो, ‘यस्तो बेला पीडितको परिवारलाई फिरौतीको सम्बन्धमा बार्गेनिङ गर्न दिनुपर्नेमा वर्दीधारी प्रहरीले घेरामा राख्नु प्राविधिकरूपमा उचित होइन ।’

    बालक अपहरण परेको खबर पाउना साथ महानगरीय प्रहरी परिसरले मात्रै होइन महानगरीय प्रहरी अपराध महाशाखाले पनि घटनास्थल वरपर ठूलो मात्रामा वर्दिधारी प्रहरी खटाएको थियो । शादा पोशाकका सुराकी गर्ने प्रहरी खटाउनुपर्नेमा मुठभेडमा उत्रने जस्तो गरी वर्दिधारी प्रहरीको बाक्लो परिचालनले गर्दा अनुसन्धानमा कठिनाई भएको प्रहरीको दाबी छ ।
    अपहृत बालककी आमा चमेली खड्कालाई प्रहरीले आफ्नै भ्यानमा राखेर अपहरणकारीसँग फिरौतीको ‘बार्गेनिङ’ गर्न लगाएको थियो । यसले पनि बालकमाथि जोखिम बढायो, अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले बताउनुभयो ।
    अपहृत बालक निशानको परिवारको सम्पर्कमा प्रहरी एकैसाथ पुग्यो, यसले अपहरणकारीलाई आफू पक्राउ पर्ने डर सिर्जना गर्यो, यही कारण उनीहरुले बालकको राति नै हत्या गरेको देखियो, अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भन्नुभयो, ‘सादा पोशाकका प्रहरी खटाइसकेको अवस्थामा अन्य (बर्दिधारी) प्रहरीको परिचालन अस्वाभाविक भयोे ।’
    त्यस्तै, फिरौती माग्न प्रयोग भएको मोबाइलको ‘नयाँ सिमकार्ड’ अपहरणकारी गोपालकै नाममा दर्ता देखिन्छ । यो सीम फिरौती माग्नलाई दुई पटकसम्म प्रयोग भएको थियो । प्रहरीले सीम प्रयोग भएको ‘लोकेसन’ सानोठिमी क्षेत्र भएको आइतवार राति नै पत्ता लगाइसकेको थियो तर सीम दर्ता र मोबाइलको आईएमई नम्बर लगायतका विवरण तथा सिडिआर (कल डिटेल रिपोर्ट) भने सोमवार विहानमात्र प्रहरीलाई प्राप्त भएको थियो ।
    मोवाइल सेवा प्रदायक कम्पनीबाट ‘सिडिआर’ प्राप्त गर्न प्रहरीलाई निकै गाह्रो छ, महाशाखाका प्रमुख सिंहले भन्नुभयो, ‘यस्तो जघन्य अपराधको अनुसन्धानका लागि सिडिआर माग्दा अदालती प्रक्रियामा जानुपर्ने कानुनी व्यवस्था छ ।’ यसले प्रविधिको प्रयोगमार्फत द्रुत गतिमा अपराधी र उसको ‘लोकेशन’ पत्ता लगाउन कठिन भएको छ ।
    सोमवार बिहान साढे सात वजे प्राप्त भएको सिडिआरमा फिरौती माग्न प्रयोग भएको सीम र अपहरण घटनाका मुख्य योजनाकार गोपालले नियमित रुपमा प्रयोग गर्दै आएको मोबाइल सेटको आइएमइ नम्वर एउटै देखिएको थियो ।
    अपहरणकारी गोपालले नियमित रुपमा प्रयोग गर्दै आएको मोवाइल सेटमा नयाँ सीम राखेर फिरौती मागेका थिए, त्यसको केही समयपछि नयाँ निकालेर पुरानै सीम राखेको प्रहरीको दाबी छ ।
    अपहरण घटना भएको १५ घण्टापछि प्रहरीले सिडिआरको सहयोगमा बालकको अपहरण गोपालले नै गरेको निष्कर्षमा प्रहरी पुगेको थियो । यही विवरण अपहरणको एक÷दुई घण्टा भित्र प्राप्त गर्न सकेको भए बालकको मृत्यु अघि नै उद्दार गर्न सकिन्थ्यो, अनुसन्धानमा संलग्न एक अधिकारीले दाबी गर्नुभयो ।
    निशानको शव खाल्डोमा गाड्ने क्रममा जुत्ता र लुगामा लागेको हिलो धोएर त्यसलाई डोरीमा टाँगी अपहरणकारी सुतेका थिए । बिहान एक्कासी प्रहरी कोठामा पुग्दा झस्किएका गोपाल तामाङ र उनका सहयोगी अजय तामाङले निशानको अपहरण घटनाबारे आफूहरुलाई जानकारी समेत नभएको भन्दै प्रहरीलाई झुक्याउन सफल भएका थिए तर करिब एक घण्टा लामो अनुसन्धानपछि गोपालको खल्तीबाट फिरौती माग्न प्रयोग भएको नयाँ सीम र मोवाइल बरामद भएपछि उनीहरू गलेका थिए । त्यसपछि उनीहरुले निशानको अपहरणपछि हत्या गरी गाडेको खाल्डो प्रहरीलाई देखाएका थिए ।
    महाशाखाका प्रमुख सिंह र अनुसन्धान अधिकृत रुगमबहादुर कुँवरको टोलीले निशानको शव गाड्न प्रयोग भएको बेल्चा र कोदाली नै प्रयोग गरी शव बाहिर निकालेका थिए । त्यसपछि बालक निशानको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको थियो ।
    प्रहरीको अनुसन्धानमा परिसकेका भनिएका दुबै अभियुक्त गोपाल र अजयको सुरक्षाकर्मीसँगको मुठभेडमा सूर्य विनायकस्थित पाइलट बाबा आश्रम मार्गमा मृत्यु भएको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीको दाबी छ । (गोरखापत्रबाट)

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...