News Portal

  • बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षाका उपसचिवहरुलाई केहि दिनमै जिम्मेवारी दिइदैै

    नेपालवाल संवाददाताभक्तपुर, ५ भदाै
    १९४३ पटक
    भक्तपुर, ५ भदाै

    बिना जिम्मेवारी जागिर पकाइरहेका शिक्षा सेवाका उपसचिवहरुले जिम्मेवारी पाउने भएका छन् । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौ उपसचिवले बल्ल जिम्मेवारी पाउने भएका हुन् ।

    स्थानीय तह अन्तर्गत २ सय ४५ नगरपालिकामा नेपाल शिक्षा सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिवको दरवन्दी सृजना गरिएसंगै उनीहरुले जिम्मेवारी पाउने स्थिति बनेको जानकारी प्राप्त भएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि कायम रहेको कर्मचारी समायोजन सम्वन्धी समस्या समाधानका लागि मन्त्रालयले लगेको उपसचिव दरवन्दी सृजनाको प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको मन्त्रीको निजी सचिवालयले जनायो ।

    ”पद धेरै ठाउँ थोरै हुदा व्यवस्थान गर्न गाह्रो भैराखेको थियो । नगरपालिकामा उपसचिवको पद सृजना भएपछि तत्काललाई समस्या टरेको छ । अव केहि दिन भित्रै कर्मचारीले काम पाउँछन ।” मन्त्रीका निजी सचिव पुष्पराज ढकालले बताए ।

    शिक्षाका कर्मचारी व्यवस्थापनमा संघीय मामला तथा सामान्य प्रसाशन मन्त्रालयमा ताकेता गरेपनि सनुवाई हुन नसकेपछि आफ्नै मन्त्रालय भित्र दरबन्दी सृजना गरि उपसचिव व्यवस्थापन गर्नुपरेको हो । शिक्षा¸विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल र मन्त्रालयका सचिव खगराज वरालले ढिलै भएपनि मन्त्री परिषदबाट दरबन्दी सिर्जना गरेकोमा नेपाल निजामति कर्मचारी संगठन विभागीय कार्यसमितिले धन्यवादसमेत दिएको छ ।

    ”केन्द्रमा बस्ने ठाउँ र पिउने पानी समेत नपाएको गुनासो गरिरहनुभएका उपसचिवहरुलाई यो निर्णयले राहत दिएको छ ।” संगठनका अध्यक्ष शिव पोखरेलले नेपालवालसंग भने । उनले संघ¸ प्रदेश र स्थानीय तहका स्वीकृत दरवन्दीमा जेष्ठता¸योग्यता¸ क्षमता र पदसोपान जस्ता निजामती सेवाका स्थापित मान्यता र मर्म अनुरुप हुनेगरी कर्मचारी समायोजन र खटनपटन गरी सम्पूर्ण कर्मचारीहरुलाई उत्प्रेरित गरि उच्च मनोबलका साथ कार्यक्षेत्रमा जाने वातावरण बनाइदिनसमेत आग्रह गरे ।

    यता, असन्तुष्ट उपसचिवहरु भने मन्त्रालयले काम चैँ दिन खोजेको तर सम्मान चै नदिएको बताउँछन । काम दिने नाममा नगरपालिकाका कनिष्ठ कार्यकारीको मातहत राखेर सम्मान दिन नसकेको भन्दै उनीहरुले असन्तुष्टि पोखेका हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...