News Portal

  • नेकपा भक्तपुर अध्यक्षमा दुई पक्षबीच भीडन्त : आ-आफ्नै डम्फु बजाउदै नेता र कार्यकर्ता

    संजीप शुभचिन्तकभक्तपुर, ६ भदाै
    ७३९४ पटक
    भक्तपुर, ६ भदाै

    चुनावी गठबन्धनदेखि नै नमिठो सम्बन्धबाट गुज्रिरहेको भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टीले एकताको झल्को दिन सकेको छैन । राजधानीसंगै जोडिएको यो सानो जिल्लामा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रले जिल्लाको नेतृत्वको बिषयलाई ठूलो इगोको रुपमा लिएपछि एकताको संदेश दिन नसकेको हो ।

    कार्यकारी प्रमुखको रुपमा रहेको पार्टीको जिल्ला अध्यक्ष पदमा दुई पक्षले नै दावी नछोडेपछि जिल्ला भित्र पार्टी एकीकरण प्रक्रिया पेचिलो बन्न पुगेको छ । पूर्व माओबादी केन्द्रले आफ्नो इन्चार्ज रहेका देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ लाई अध्यक्षको रुपमा अघि सारेको छ भने पूर्व एमाले यसलाई मान्न तयार देखिदैन । उसले आफ्ना अध्यक्ष बचन देउजा नै नेकपाको अध्यक्ष हुनुपर्ने दावी गरेपछि एकीकरण प्रक्रिया पेचिलो बन्न पुगेको हो ।

    पार्टी अध्यक्षको बिषयमा एकमत हुन नसकेपछि अध्यक्ष छान्ने जिम्मा प्रदेश ३ को पार्टी एकीकरण कार्यदलको कोटरीमा पुगेको छ । अग्नि सापकोटा , नारायण दाहाल , अष्टलक्ष्मी शाक्य, बिदुर अधिकारी रहेको उक्त कार्यदल समेत अध्यक्ष छान्ने सकसमा परेको श्रोत बताउँछ ।

    यता पार्टी एकता पछि पनि भावनात्मक एकता हुन नसक्दा जिल्लाका नेता कार्यकर्ता भने आ-आफ्नै डम्फु बजाउन व्यस्त भएका छन् । अध्यक्षको बिबाद कायमै रहेको अवस्थामा उनीहरुले सामाजिक संजालबाट आ आफ्ना नेतालाई अध्यक्ष चयन भएकोमा बधाई समेत खुवाइसकेका छन् ।

    ”प्रदेश ३ को पार्टी एकीकरण कार्यदलले अध्यक्ष सिफारिस गरेकोमा बधाई छ ।” भनिरहदा दुवै प्रतिष्पर्धी भने मौन बसेका छन् । आफूलाई सूचनाको श्रोत निकट ठान्ने नेकपा निकट भनिने पत्रकारहरु समेत बधाई दिन लालायित देखिदा मानिसहरु भ्रमित बनेका छन् ।

    नेकपाका एक नेता सुरेश न्यौपानेले यो बिषय छलफलमा रहेकोले हल्लाको भरमा अरुलाई भ्रमित पार्न नहुने नेपालवालसंग बताएका छन् । पार्टी अध्यक्ष प्रचारित व्यक्तिहरुले पनि यसलाई अहिले हल्लाकै रुपमा बुझ्न अनुरोध गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...