News Portal

  • कालिमाटी बजारका बिचौलियाहरुप्रती सरकार आक्रामक

    नेपालवाल संवाददाताकाठमाडौं, ७ भदाै
    ११८७ पटक
    काठमाडौं, ७ भदाै

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आपुर्ती मन्त्रालय लगायतको टोलीलाई कालिमाटी बजार अनुगमनमा समेत अवरोध पुर्याइएकोले आक्रोसित बनेको सरकार बिचौलियाहरुप्रती आक्रामक बनेको छ । सरकारले बिचौलियाहरुले भाडामा लिएको सटर खोसेर सबक सिकाउन लागेको हो ।

    यो संगै कालिमाटी फलफूल तथा तरकारी बजार बिकाश समितिमा बिचौलियाहरुको दादागिरी अन्त्य हुने भएको छ । समिति अन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने सरकारले निर्णय गरेको छ । सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको बताइएको छ।

    बिचौलियाले सस्तोमा सटरभाडामा लिने र महंगोमा अरुलाई बेच्ने गरेका छन् । भाँडा बढी हुँदा उपभोक्ताले पनि चर्को मूल्य तिर्न बाध्य भएकोले आफै सटर संचालन नगर्ने ९८ स्टल वालालाई हटाएर बास्तविक किसानलाई उपलब्ध गराउने जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...