News Portal

  • कञ्चनपुरबासी क्रोधित बनेपछि गृहले तान्यो सीडीआे र एसपी : हेर्नुस् बिज्ञप्ति

    नेपालवाल संवाददाताकाठमाडौँ, ७ भदौ
    १७२१ पटक
    काठमाडौँ, ७ भदौ

    गृह मन्त्रालयले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका निर्मला पन्तको गत साउन ११ गते भएको हत्याको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

    समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक बसन्त बानिया र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसी सदस्यको रुपमा रहेका छन् ।

    यसैबीच गृहमन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै बालिका पन्तको विषयलाई लिएर कञ्चनपुरमा भईरहेको विरोध प्रदर्शन लगायतका घटनाहरुको सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विज्ञप्तिमा साउन १० गते गते साँझ निज बालिका घर परिवारको सम्पर्कमा नआएको प्रहरीलाई जानकारी हुँदा साथ खोजतलास गर्ने क्रममा साउन ११ गते विहान बालिकाको शव फेला परेको उल्ल्ेख छ ।

    घटनाको गम्भीरतालाई दृष्टिगत गरी घटना घटेको मितिदेखि नै स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकोमा गृह मन्त्रालयको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायव उपरीक्षक नेतृत्वको विशेष अनुसन्धान टोली अनुसन्धान कार्यलाई तीव्रता दिन खटाईएको विज्ञप्तिमा उल्लेख छ ।

    अनुसन्धान टोलीले तत्काल देखिएको प्रमाणका आधारमा भीमदत्त नगरपालिका वडा नं. १९ का दिलीपसिंह विष्टलाई भदौ ५ गते पक्राउ गरी थप अनुसन्धान समेत भइरहेको छ । उक्त घटनाको अनुसन्धानमा नेपाल प्रहरीका अतिरिक्त अन्य सुरक्षा निकाय तथा विशेष दक्ष जनशक्ति समेत परिचालित भइरहेको गृहले जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ , ‘‘ राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन सक्दैन र भएको पनि छैन । स्थानीय प्रशासन तथा प्रहरीले समग्र नागरिकको जीउधन एवं सार्वजनिक सम्पत्तिको संरक्षण गरी जनजीवनलाई सामान्य बनाई राख्न कानून प्रदत्त अधिकार प्रयोग गर्नु नै पर्ने हुन्छ, स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्य समेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ । ’’

    बालिका मृत्युको निन्दनीय घटनाप्रति पुनः दुख व्यक्त गर्दै यस प्रकारका जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानूनी कारवाही हुने र अनुसन्धान कार्यमा संलग्न पदाधिकारीबाट समेत यदि कुनै कमी कमजोरी गरे गराएको पाइए अनुसन्धान गरी कानून अनुसार कडा कारवाही गरिने विषयमा गृह मन्त्रालय सदैव प्रतिवद्ध रहेको र्गह मन्त्रालयले जनाएको छ ।

    समस्याको समाधान शान्तिपूर्ण र विधिसम्मत ढंगबाट हुने नै हुँदा शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सम्बद्ध सबैमा गृह मन्त्रालय हार्दिक अनुरोध गरेको छ ।

    विज्ञप्तिमा सो घटनाको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी गृह मन्त्रालयका सहसचिव हरि प्रसाद मैनालीको संयोजकत्वमा पाँच सउदस्यीय छानविन समिति गठन गरीएको उल्ल्ेख छ ।

    प्रमुख जिल्ला अधिकारी र प्रहरी पमुख फेरिए

    सोही घटनाको कारण गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

    कञ्चनपुरमा नयाँ सिडिओको रुपमा सहसचिव तारानाथ अधिकारीलाई पठाईएको छ । गृह मन्त्रालयको विज्ञप्तिमा कञ्चनपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकलाई तत्काल फिर्ता बोलाई निजहरुको स्थानमा नयाँ पदाधिकारीहरु समेत खटाइसकिएको उल्लेख छ ।

    हेर्नुस बिज्ञति

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...