News Portal

  • महिलालाई मात्रै होइन, पशुलाई पनि सुत्केरी भत्ता

    प्रेमनाथ पाैडेलसर्लाही, १२ भदाै
    २४२४ पटक
    सर्लाही, १२ भदाै

    महिला सुत्केरी हुँदा त प्रोत्साहन भत्ता पाएको सबैलाई थाहाँ नै होला तर सर्लाहीको हरिवन नगरपालिकामा भने अब महिलाको लागी मात्रै नभइ पशु सुत्केरी भएमा पनि प्रोत्साहन भत्ता पाउने ब्यवस्था मिलाइएको छ ।

    पशुपालनमा प्रोत्साहन स्वरुप भत्ता दिने निर्णय भएको नगरपालिकाको जिकिर छ । हरिवन नगरपालिकाको वडा नम्बर ९ को मंगलबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    वडा अध्यक्ष सिताराम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले यहि भाद्र १६ गते देखि नै लागु हुने गरि वडा कार्यालयबाट बिमा गरेका पशु सुत्केरी भएमा पशु धनीलाई वडा कार्यालयले रकम उपलब्ध गराउने जानकारी प्राप्त भएको छ । पशु पोषणमा यसले राम्रो प्रभाव पार्ने र दुधको उत्पादन बढ्ने वडाध्यक्ष पोख्रेलले बिश्वास ब्यक्त गरेका छन् ।  पशु चिकित्सक भिम रपालको सिफारिसमा प्रति पशु एक हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको बैठकमा सहभागी विद्यार्थी नेता रोशन दाहलले जानकारी दिए ।

    त्यस्तै बैठकले वडा भित्र झै-झगडा, बादबिबाद, किचलो र मुद्दामामिला मिलाउनको लागि माधब दाहाल , दुर्गा बहादुर कार्की ,शंकर बहादुर थापा ,डाकुरनाथ खतिवडा र सीता थापा रहेको पाँच सदस्यीय न्यायिक समिति समेत बनाएको बताइएको छ । त्यसैगरी सिलाई कटाई र ब्युटिसियन तालिम संचालन गर्नका लागि पुरानै प्रशिक्षकलाई निरन्तरता दिने र एेतिहासिक पोखरी शिव सागरको सर सफाईको लागि लालबन्दी- २ पाँचकुमारीमा रहेको नेपाली सेनाको रणशेर गणलाई आग्रह गर्ने समेत निर्णय भएको हरिवन -९ काे वडा कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...