News Portal

  • पानी भरिएको बाल्टिनमा डुब्दा भक्तपुरमा एक बालकको मृत्यु

    नेपालवाल संवाददाताभक्तपुर, १९ भदाै
    २५५३ पटक
    भक्तपुर, १९ भदाै

    भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नम्वर ३ झौखेलमा बाल्टिनको पानीमा डुब्दा एक बालकको मृत्यु भएको छ ।

    सिन्धुपाल्चोक बाह्रविसे घर भई झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको २ वर्षिय छोरा  प्रत्युस् श्रेष्ठको बाल्टिनको पानीमा डुब्दा ज्यान गएको हो ।

    अपरान्ह अन्दाजी १२ : २० बजेको समयमा आँगनमा खेली रहेका बालक अकस्मात पानी भरिएको बाल्टिनमा परेकाे बताइएको छ ।बाल्टिनमा डुबेर बेहोस बनेका उनलाई अभिभावकले उद्दार गरी भक्तपुर अस्पताल पुर्याएका थिए तर उनलाई अस्पतालले पनि  बचाउन सकेन ।  उपचारकै क्रममा सम्बन्धित चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

    बालकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा नै राखिएको र  घटनाको थप अनुसन्धान कार्य भईरहेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...