स्वदेशी खसीबोकाले दशैंको माग धान्न नसक्ने भएपछि दशैंमा बिदेशबाट खसीबोका आयात गर्नेक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ ।
यस बर्ष दशैको लागि पाँच अर्बको खसीबोका आयात गरिने भएको हो । गत वर्ष झिकाइएका चार अर्बका खसीबोकाले नपुगेपछि पछि यो वर्ष पाँच अर्बको खसीबोका ल्याउन लागिएको व्यापारीहरुले बताएका छन् ।
अन्य बेलामा पनि आयात गर्ने भएपनि दशैंमा माग अत्यधिक हुने हुँदा आयात गर्नुको बिकल्प नहुने ब्यापारीहरु बताँउछन् ।
दशैंको माग धान्न हरेक बर्ष भारत र चीनबाट अर्बौंको खसीबोका ल्याउने गरिएको छ । नेपाल कृषीप्रधान देश भएपनि यसरी अर्बौंको खसीबोका आयात गर्नु पर्ने अवस्थाले देशको उत्पादनको दयनीय स्थिति उजागर त गरेको छ नै, ब्यापार घाटा बढाउन समेत मद्दत गरेको छ ।