News Portal

  • भक्तपुरमा मोबाइल चोरीमा संलग्न एक समुह समातियो

    नेपालवाल संवाददाताभक्तपुर, ५ असोज
    १७९३ पटक
    भक्तपुर, ५ असोज

    ठिमीस्थित महानगरीय प्रहरी वृत्तले मोबाइल चोरीमा संलग्न एक समुहलाई पक्राउ गरिएको बताएको छ । जिल्लाको बिभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका घर भई हाल कोटेश्वर बस्ने २२ बर्षिय वितेश भण्डारी, सिन्धुपाल्चोककै जलबिरे घर भई हाल भक्तपुर सानोठिमी बस्ने १८ बर्षिय राजु तामाङ, नुवाकोटको त्रिशुली घर भई हाल ठिमी बस्ने बर्ष २२ को मनिष बस्नेत र भारत घर भई हाल सल्लाघारी बस्ने बर्ष १८ को अमोद चौधरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले पुष्टि गरे ।

    मध्यपुर ठिमी- ४ कमेरोटार डेरा कोठा गरी बस्ने दोलखाका प्रविण कार्कीको सिम सहितको पानासोनिक मोबाइल सानोठिमीबाट चोरी भएको भन्ने उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको प्रहरी टोलीले उनीहरुलाई चोरी गरेको उक्त मोवाइल र अन्य ४ थान मोवाईल सहित समातेको बताइएको छ ।

    प्रमाणसहित समातिइएका चारै जनालाई चोरी मुद्दा शिर्षकमा  बिहीबार भक्तपुर जिल्ला अदालतमा पेश गरी थप अनुसन्धान कार्य भईरहेको ठिमीस्थित महानगरीय प्रहरी वृत्तले बतायो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...