News Portal

  • ३ महिना अघि नै कक्षा ११ को रिजल्ट : २ लाख बढी विद्यार्थीलाई राहत

    नेपालवाल संवाददाताभक्तपुर, १९ असोज
    १५१५ पटक
    भक्तपुर, १९ असोज

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारी गरेको छ । शनिवार कक्षा ११ को परीक्षाफल प्रकाशित हुने बोर्ड श्रोतले बताएको हो ।

    श्रोतका अनुसार परीक्षाफल सम्बन्धी सम्पुर्ण तयारी सकिएपछि शनिवार दिउसोको लागि बोर्ड बैठक बोलाइएको छ । बेलुकी ४ बजे परीक्षाफल प्रकाशन हुने श्रोतको दावी छ ।

    जेठ ९ गते सकिएको कक्षा ११ को परीक्षाको परीक्षाफल बोर्डको इतिहासमै पहिलोपटक यति छिटो प्रकाशित हुन लागेको हो । बिगतका बर्षहरुमा पौष मसान्तसम्ममा परीक्षाफल प्रकाशन हुँदै आएकोमा यसपटक ३ महिना अगाडि नै बोर्डले सम्पुर्ण तयारी सकाएको छ ।

    ५ लाख ४८ हजार परीक्षार्थीहरु सामेल भएको यस परीक्षामा २ लाख १५ हजार आंशिक परीक्षार्थी रहेका छन् । नियमित विद्यार्थीहरु भन्दा आंशिक विद्यार्थीहरु रिजल्टबाट बढी लाभान्वित हुने देखिएको छ । बिगतका बर्षहरुमा ढिलोगरि रिजल्ट हुँदा विद्यार्थीहरुको बर्ष खेर जाने गरेको थियो तर यसपटक ३ महिना अघि नै रिजल्ट हुने भएपछि विद्यार्थीहरुले विश्वविद्यालयमा भर्ना हुन पाउने भएका छ्न ।

    परीक्षा बोर्डमा कृष्ण शर्मा परीक्षा नियन्त्रक भएसंगै बोर्डले चामत्कारिक रुपमा रिजल्टको समय छोट्याएको छ । कक्षा १२ को परीक्षाफल प्रकाशनको कार्य पनि यस अघि छोटो समयमै सप्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...