News Portal

  • सूर्यमण्डलको बाहिर नयाँ ग्रह

    काठमाडौँ, २० असोज
    १०१२ पटक
    काठमाडौँ, २० असोज

    एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ।

    खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८० खगोलीय यूनिट (एयू) को दूरीमा रहेको छ। सूर्य र पृथ्वीबीचको दूरीलाई खगोलीय यूनिट (एयू) भनिन्छ। हाम्रो पृथ्वीबाट प्लुटो करिब ३४ एयूको दूरीमा रहेको छ। उक्त नयाँ ग्रह सूर्यबाट प्लुटोको दूरीभन्दा अढाई गुणा टाढा रहेको छ।

    अमेरिकास्थित कार्नेगी इन्स्टीच्यूट फर साइन्सका अनुसन्धानकर्ताहरूले उक्त पिण्डको कक्ष निकै ठूलो रहेको बताएका छन्। यसैले उक्त ग्रह सूर्यको निकट कहिले पनि नआउने उनीहरूको भनाइ छ। यो विन्दुलाई ‘पेरिहेलियन’ भनिन्छ। हालसम्म पत्ता लगाइएका पिण्डहरूमध्ये २०१२ जेएलकेएल र सेडनाको पेरिहेलियन मात्रै नयाँ ग्रहभन्दा टाढा छन्। अर्थात् नयाँ ग्रह तेस्रो सर्वाधिक पेरिहेलियन दूरीवाला पिण्ड हो।

    यसको कक्षीय अर्धप्रमुख धुरी भने २०१२ जेएलकेएल र सेडनाभन्दा बढी छ। यसको मतलब ती दुई पिण्डभन्दा नयाँ पिण्ड सूर्यभन्दा निकै टाढा छ। गुरुत्वाकर्षणको प्रभावका कारण २०१५ ६एलएचएल ३८७ कहिले पनि हाम्रो सौरमण्डलका विशाल ग्रह नेप्चुन र बृहस्पतिको नजिक आएको छैन।

    कार्नेगी इन्स्टीच्यूट फर साइन्सका स्काट शेप्पर्डले भने, ‘सौरमण्डलको किनाराको बाहरी भागमा के भइरहेको भन्ने जान्न यस्ता पिण्डको अनुसन्धानबाट सहयोग मिल्छ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...