News Portal

  • जंगबहादुर राणाको योगदान स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो

    इभक्तपुर संवाददाता२८,असोज २०७५
    १२०८ पटक
    २८,असोज २०७५

    काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो ।

    वि.स.ं १९१० असोज २७ गते जंगबहादुर राणाले दरवार हाइस्कूल स्थापना गरी औपचारिक रुपमा विद्यालय शिक्षाको शुरुवात गरेका थिए । सोही विशेष दिनका असवर पारेर पुनरुत्थानवादी समूह नेपालले शिक्षा दिवस मनाएको हो ।

    पुनरुत्थानवादी समूहकी नेता तारा बरालले नेपालमा जंगबहादुर राणाले औपचारिक रुपमा विद्यालय शिक्षाको थालनी गरेको दिनलाई शिक्षा दिवस मनाउनुपर्नेमा सरकारले अन्य दिनमा मनाउने गरेकाले आफुहरुले आजको दिनलाई शिक्षा दिवसको रुपमा मनाएको बताइन् ।

    विद्यालय शिक्षाको शुरुवात भएको आजको पवित्र दिनलाई नै राष्ट्रिय शिक्षा दिवस मनाउनु पर्नेमा उनको जोड थियो ।

    अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन नेपालको राष्ट्रिय शिक्षा दिवसलाई घुसाई नेपालको आफ्नै शिक्षा दिवसको अस्तृत्व नै मासेकाले आजको दिनलाई नै शिक्षा दिवस मनाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको बरालको भनाइ छ ।

    सोही समूहका अर्का नेता शरद मिश्रले जंगबहादुर राणाले गुमेको ४ जिल्ला फिर्ता गरेको, सीमानामा जंगे पिलर गाडेको, मुलुकी ऐन लागु गरेको तथा विद्यालय शिक्षाको औपचारिक थालनी गरेको भन्दै जंगबहादुरको योगदान कदर गर्दै दरवार हाइस्कूल स्थापना भएको आजकै दिनलाई शिक्षा दिवसको रुपमा मनाइएको बताए । राणाले विद्यालयलाई दान दिएका जग्गा मासेर अहिले सपिङ मल बन्न थालेकोमा दुख व्यक्त गर्दै विद्यालयको जग्गामा गिद्दे दृष्टि नलगाउन सबैसँग उनको आग्रह थियो ।

    अधिवक्ता कोषराज काफ्लेले नेपालमा विद्यालय शिक्षाको उज्यालो छर्ने निर्णय भएको आजकै दिनलाई शिक्षा दिवस मनाउनुपर्ने बताए । राणा राजाहरुले विद्यालय स्थापना गरी त्यसका लागि जग्गादान दिने गरेकोमा अहिले दलहरुले त्यो दान दिएका विद्यालयकै जग्गा बेच्न थालेकोमा दुख व्यक्त गर्दै काफ्लेले राणाहरुको विगतको योगदान बिर्सन नहुने बताए ।

    ‘बिगत बिर्सेर हामी भविष्यको कल्पना गर्न सक्दैनौं विगतमा विद्यालय शिक्षाको औपचारिक शुरुवात गर्ने जंगबहादुर राणाको योगदान बिर्सेर हामी भोलिको शिक्षाको परिकल्पना गर्न सक्दैनौं’, काफ्लेले भने, ‘जंगबहादुर राणाले विद्यालय शिक्षाको औपचारिक शुरुवात नगरेको भए विद्यालय शिक्षा अझै पर धकेलिन सक्थ्यो ।’ त्यसैले असोज २७ गतेको पवित्र दिनलाई नै शिक्षा दिवसका रुपमा मनाउनुपर्नेमा काफ्लेले जोड दिए ।

    अधिवक्ता माधव पन्तले मुलुकमा विद्यालय शिक्षा शुर भएको दिनलाई शिक्षा दिवस मनाउनुपर्नेमा सरकारले विदेशकिो अनुकरण गरेको आरोप लगाए ।

    उता, सरकारले भने भदौं २३ गते राष्ट्रिय शिक्षा दिवस मनाउदै आएको छ । गएको भदौं २३ गते ३९ औं राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । नेपालमा विसं २०२८ सालमा पहिलोपटक ‘शिक्षाको पारिलो घामबाट कुनैपनि बालबालिका बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवस मनाइएको थियो ।

    कार्यक्रममा सयौं शिक्षकहरुसँगै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    जंगबहादुरले आफ्नै परिवारका छोरा भतिजाहरुलाई प्रारम्भिक शिक्षा प्रदान गर्न सं. १९१० आश्विन २७ गते थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भूइँतलामा एउटा स्कूल खोली बैध रुपमा प्रारम्भिक तहको आधुनिक अंग्रजी शिक्षा पढाउने काम शुरुवात गराएका थिए । स्कूल सञ्चालन भनेकै त्यस बेला नेपालको लागि एउटा नौलो कुरो थियो जुन जंगबहादुरले पहिलोपल्ट बेलायतमा देखेका थिए । त्यसैले आफूकहाँ खोलिएको यस स्कूलको सञ्चालन गर्न र अंग्रेजीभाषा सिकाउन उनले एकजना केन्निङ नाम गरेका अंग्रेजी शिक्षक बेलायतदेखि नै मगाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...