News Portal

  • महादेवको अध्यक्षमा फेरिपनि अधिकारी

    प्रेमनाथ पाैडेलसर्लाही, १० मंसिर
    १२०५ पटक
    सर्लाही, १० मंसिर

    सर्लाहीको हरिवन -८ स्थित महादेव बहुउदेश्यीय कृषि सहकारी सस्थाको १७ औ साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    सस्थाका अध्यक्ष फणिन्द्र अधिकारीको अध्यक्षता एवम समाजसेबी जेष्ठ सद्स्य तुलसी प्रसाद भट्टराई को प्रमुख आतिथ्यतामा भएको साधरण सभाले पुन: फणिन्द्र अधिकारीकै अध्यक्षतामा ११ सदस्यीय नयाँ  कार्य समिती चयन गर्दै साधरण सभा सम्पन्न भएको हो ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा खेम प्रसाद गौतम सचिवमा रामचन्द्र गौतम कोषाध्यक्षमा नानू कुमारी भट्टराई बराल सहित अन्य सबै सदस्य सर्वसम्मत रुपमा चयन भएको सस्थाका ब्यबस्थापक निश्चल पौडेलले बताए ।

    त्यस्तै सभाले नरेन्द्र प्रसाद भट्टराई संयोजक रहेको तीन सदस्यीय लेखा समिति तथा सस्थापक अध्यक्ष रिपुमर्दन ढुङेल प्रमुख सल्लाहकार सहित नबराज सुवेदी ,सन बहादुर बिक ,रामहरी घिमिरे ,शान्ता घिमिरे ,अर्जुन श्रेष्ठ, ङमेन्द्र घिमिरे रहेको सात सदस्यीय सल्लाहकार समिति समेत मनोनित गरेको सस्था ले जनाएको छ ।

    साधरण सभाको अबसरमा सस्थाका अध्यक्ष फणिन्द्र अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुको साथै सचिब रामचन्द्र गौतमले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७४/०७५ मा सस्था ले ८० लाख ५० हजार ४ सय ९ रुपैया को कारोबार गरि ३ लाख १४ हजार ७ सय ७० रुपैया खुद मुनाफा गरेको जानकारी गराए ।

    साधरण सभाको अबसरमा सस्थाले हरिवन नगरपालिकाका सहकारी प्रमुख एवम वडा नम्बर १० का अध्यक्ष शम्भु मैनाली ,स्वास्थ्य समिति संयोजक एवम वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ बिनोद ढुङेल लाई सम्मानपत्र दोसल्ला का साथै सस्थामा उत्कृष्ट बचत गर्ने ७ जना बचतकर्तालाई दोसल्लाका साथै कदर पत्र बाट सम्मान गरिएको सस्था का सचिव रामचन्द्र गौतमले जनाए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...