News Portal

  • भक्तपुरको बाहिरी चक्रपथ अलपत्र

    भक्तपुर, १४ मंसिर
    ३५७३ पटक
    भक्तपुर, १४ मंसिर

    गत एक दशक अघिदेखि शुरुवात भएको भक्तपुरको बाहिरी चक्रपथ सडक निर्माण कार्य अहिले अलपत्र परेको खबर नगेन्द्र सापकोटाले गोरखापत्रमा लेखेका छन् । भक्तपुरका साबिकका १६ वटै गाउँ विकास समितिलाई एउटै सडक सञ्जालले जोड्ने भक्तपुरको बाहिर चक्रपथ सडक विस्तारका लागि गत दुई वर्षदेखि कुनै योजना पनि परेका छैनन् ।

    भक्तपुरको बाहिरी चक्रपथले भक्तपुर नगरपालिका बाहेक मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई जोड्ने भएकाले योजना अलपत्रमा परेको बताइएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका कुनै पनि योजनाले बाहिरी चक्रपथको योजनालाई सम्बोधन गर्न नसकेको जिल्ला समन्वय समिति भक्तपुरले जनाएको छ ।

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुर बाहिरी चक्रपथको विस्तार र स्तरोन्नतीका लागि कुनै योजना नपरेको बताए । साबिक जिल्ला विकास समितिले पाँचदेखि १० लाख रूपियाँ हरेक वर्ष उक्त सडक खण्ड विस्तार र स्तरोन्नतिका लागि बिनियोजन गर्ने गरेको थियो ।कुल ५३ दशमलब पाँच किलोमिटर बाहिरी चक्रपथको सडक खण्ड मध्ये १३ दशमलब चार मिलोमिटर कालोपत्रे भइसकेको र ५३ दशमव एक किलोमिटर ग्राभेलिङ्ग तथा धुलेसडक निर्माण भइसकेका छन् । त्यसमा साबिक लोकन्थली, कौशलटार, बालकोट, सिरुटार–१, दधिकोट–बिरूवा, गुण्डु, गणेशमान स्मृति वाटिका (कटुञ्जे) सूर्यविनायक, सिपाडोल भवन, डोलेश्वर महादेवस्थान, नंखेल– २ पलाँसे, दीपेन्द्र प्रहरी स्कूल (साँगा), चित्तपोल भङ्गाल–७ र ८ वडा सल्लाघारी ताथली– २ र ३, सरस्वती माध्यमिक विद्यालयसम्म भक्तपुर बाहिरी चक्रपथले जोडिने छ ।
    त्यस्तैगरी, वागेश्वरी–५ र ६ हँुदै मुहानपोखरी, नगरकोट सडक, तेलकोट भञ्याङ्ग, छालिङ्ग (पर्यटन मार्ग), चाँगु गाविस भवन, झौखेल गेलालगाउँ, दुवाकोट सरस्वतीखेल, बोडे, नगदेश, मगरगाउ“– १७, पुरानो ठिमी (एस.ओ.एस.बालग्राम) लोकन्थलीसम्म चक्रपथ बनाइने छ ।

    प्रमुख गेलालले भने, ‘बाहिरी चक्रपथ निर्माणका लागि अहिले कुनै योजना परेको छैन ।’ प्रदेश सांसद् शशीजङ्ग थापाले भक्तपुरमा सञ्चालन भएका महत्पूर्ण योजनामध्ये भक्तपुर बाहिरी चक्रपथ समेत पर्ने भए पनि अहिले स्थानीय तह र सङ्घीय सरकारको योजना बाहिरी चक्रपथ सडक खण्डमा परेका छैनन् । उनले उक्त सडक खण्ड निर्माणका लागि प्रदेश सरकारको तर्फबाट आफूले यस वर्ष काम गर्ने गरी कौशलटार, बालकोट, सिरूटार हुँदै तर्खगालसम्म पुग्नका लागि एक करोड रुपियाँ बिनियोजन गरेको बताए ।
    उनले भने, ‘यो बजेट पर्याप्त होइन । स्थानीय, प्रदेश र सङ्घीय सरकारका योजनामा सडक पर्ने हो भने दुई वर्षमा सडक निर्माण सम्पन्न भइसक्छ ।’ भक्तपुरको बाहिरी चक्रपथ सडक पूर्णरूपमा निर्माण गर्न करिब एक अर्ब रुपियाँ लाग्ने हुँदा निर्माण कार्य सम्पन्न हुन अझ पाँचदेखि सात वर्ष लाग्ने अनुमान सरोकारवालाको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...