News Portal

  • निर्मलाको हत्यारा खडा गर्दैमा स्वीकार गर्न नसकिने मानव अधिकार संगठनको जिकिर

    नेपालवाल संवाददाताभक्तपुर, २१ मंसिर
    १८५८ पटक
    भक्तपुर, २१ मंसिर

    नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद अर्यालले कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने बहानामा सरकारले बेइमानी गर्नसक्ने बताएका छन । सरकारले पन्तको हत्यारा खडा गर्दैमा स्वीकार गर्न नसकिने उनको जिकिर छ ।

    शुक्रवार संगठनको भक्तपुर शाखाले भेलुखेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने , ”सरकार निर्मलाको शव भेटिएको ठाउँलाई दुर्व्यसनीको अखडा करार गरेर कुनै लागू औषधको दूर्ब्यसनमा लागेको केटोलाई दोषी देखाउने कसरतमा छ तर तथ्यहरुले स्पष्ट गरिसकेको छ घटनास्थलमा बलात्कार भएको होइन ।” घुडा घुडा पानी भएको ठाउँमा बलात्कार हुन नसक्ने भन्दै उनले फेरिपनि नियोजित रुपमा दोषी देखाउन खोजिएको दावी गरे । ”सरकारले भन्दैमा मान्न सकिदैन, वास्तविक अपराधी सार्वजनिक नहुदा सम्म हामी चुप रहदैनौ ।” उनले भने ।

    साउन १० गते साथीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । उनले प्रमाण नष्ट गर्ने काममा लागेका तत्कालिन एसपी बिष्ट लगायतलाई बर्खास्ती गरेर मात्र नपुग्ने भन्दै आफ्नो संगठनले उनीहरु बिरुद्ध फौजदारी मुद्दा दायर गर्न खोजेको पनि खुलासा गरे ।

    ‘न्याय, सुरक्षा र मानव अधिकार’ बिषयक उक्त अन्तरक्रियामा संगठनका केन्द्रिय महासचिव महामुनिश्वर आचार्यले देशमा ्याय, सुरक्षा र मानव अधिकारको विषय निरिह बनेकोमा चिन्ता व्यक्त गर्दै सबैले आ आफ्नो ठाउँ बाट इमान्दारीता देखाउनुपर्नेमा जोड दिएका थिए भने पूर्व सभासद विश्वमोहन जोशीले मानव अधिकारको कुरा व्यवहारमा उतार्ने कुरा भएको भन्दै बैठक सिंगार्ने तस्वीर जस्तो मात्र बन्नु नहुने बताए ।

    त्यसैगरी संगठनका सल्लाहकार हरेराम लवजुले देशमा प्रतिमहिना २ जना महिला बलात्कारको सिकार हुनु सभ्य समाजको लागि धब्बा भएको भदै मर्यादित जीवन बिना मानव अधिकार हुन नसक्ने बिचार व्यक्त गरेका थिए भने सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष समाजसेवी श्यामसुन्दर धौभडेलले मानव अधिकारको हनन वा जोखिमको बेला खबर गर्न हट लाइनको टेलिफोन नम्बरको व्यवस्था गर्नुपर्ने बताए ।

    अन्तरक्रियामा प्राध्यापक लक्ष्मीसुन्दर लवजु तथा अधिवक्ताहरुले प्रहरी राज्यको प्रमुख सुरक्षा अंग भएर पनि सुरक्षाको प्रत्याभुती दिन नसकेको आरोप लगाएका थिए भने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले औलामा गन्न सकिने प्रहरी खराव भए भन्दैमा सबैलाई एकै बास्केटमा हालेर हेर्न नहुने बताए । उनले भक्तपुरको सुरक्षा व्यवस्ता राम्रो भएको जिकिर गर्दै यहाँको प्रमुख सुरक्षा चुनौतीको रुपमा रहेको सडक दुर्घटना र चोरी नियन्त्रणमा प्रहरीले योजना बनाएर काम गरिरहेको र त्यसको सन्तोषजनक परिणाम आइरहेको समेत दावी गरे ।

    ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर गरिएको अन्तरक्रिया नेपाल मानव अधिकार संगठन, भक्तपुर शाखाका सभापति रामकृष्ण मानन्धरको सभापतित्वमा संचालन भएको थियो । उनले न्याय, सुरक्षा र मानव अधिकार रक्षाको लागि युवाहरु जागरुक हुनुपर्ने भन्दै चुप लागेर नबस्न आह्वान समेत गरे । संगठनका उपाध्यक्षले स्वागत गरेको कार्यक्रम पत्रकार इश्वरकाजी खाइजुले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...