News Portal

  • राजपालाई राजनीतिक शक्तिको रूपमा हेर्न नचाहनेहरूले भ्रामक प्रचार गरिरहेछन : महामन्त्री सिंह

    जितेन्द्र सिंह महामन्त्री , राष्ट्रिय जनता पार्टी नेपाल

    काठमाडौ, २१ मंसिर
    १४६७ पटक
    काठमाडौ, २१ मंसिर

    ० राष्ट्रिय जनता पार्टी नेपालमा संयोजक परिर्वतन भएसँगै पार्टी भित्रको आन्तरिक विवाद चरम सीमामा पुगेको छ नि ?

    — सबैको आ–आफ्नो प्रस्तुुती र दृष्टिकोण हुन्छ । राजपामा संयोजक परिर्वतन भएको कुरा पार्टीको वैधानिक प्रक्रिया नै हो । यस विषयमा साथीहरूको जे जस्तो प्रतिक्रिया आएको छ त्यसअनुसार त्यस्तो विवाद पार्टीभित्र देखिएको छैन । राष्ट्रिय जनता पार्टी निर्माणको समयमा नै चक्रीय प्रणालीमा पार्टीलाई अगाडि बढाउने कुरा भएको हो र वैधानिक व्यवस्था पनि यही हो । एकीकरणका बेलामा तत्कालीन तमलोपा ठूलो पार्टीको हैसियतमा थियो । त्यसैले महन्थ ठाकुरजीलाई संयोजकको जिम्मेवारी दिइयो । उहाँको नेतृत्व सन्तोषजनक भएको र सबैको आदरणीय भएका कारण उहाँलाई नेतृत्व दिइएको थियो । अहिले अध्यक्षमण्डलमा चक्रीय प्रणालीबाट जानुपर्छ भन्ने मान्यता पुनः पलाएकाले वैधानिक व्यवस्थाअनुसार नै अहिले यो निर्णय गरिएको हो । बाँकी जति नकारात्मक प्रचारहरू भएका छन् यो सबै राजपाको भलो नचाहने, राजपालाई एउटा वैकल्पिक राजनीतिक शक्तिको रूपमा हेर्न नचाहने व्यक्तिहरूको भ्रमात्मक प्रचार मात्र हो ।

    ० यसको मतलब पार्टीभित्रै पनि पार्टीको भलो नचाहनेहरू पनि छन् ?

    — राष्ट्रिय जनता पार्टीका जिम्मेवार व्यक्तिहरूले कहिल्यै नकारात्मक टिकाटिप्पणी गर्नु हुँदैन । यदि कसैले यस्तो गर्छन् भने हामीलाई केही भन्नु छैन ।

    ० अध्यक्षमण्डलकै एक नेताले सार्वजनिक रूपमा नै पूर्वसंयोजक महन्थ ठाकुरजीलाई जुन किसिमले आरोपहरू लगाउनु भएको छ यसले पार्टी भित्र चरम विवाद रहेको तपाईलाई लाग्दैन ?

    — जसरी तपाइँले संकेत गर्नुभयो अध्यक्षमण्डलका एक जना जिम्मेबार व्यक्तिले सार्वजनिक रूपमा आफ्ना कुराहरू राख्नु भयो । उहाँको त्यो शैलीसँग हामी पनि सहमत छैनौं । उहाँको अभिव्यक्ति पार्टीको हितमा छैन । हाम्रो सुझाव छ नेताहरू पनि जिम्मेवार हुनुप¥यो । उहाँको जवाफमा पनि केही साथीहरू साथीहरू आरोप÷प्रत्यारोपमा उत्रिनुभयो । यस्ता गतिविधि पार्टीको हितमा कदापि हुन सक्दैन । नेपालमा एउटा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नै राष्ट्रिय जनता पार्टी नेपालको निर्माण भएको हो । राजपामा अहिले देखिएको सामान्य विवाद तथा असहमतिलाई पञ्छाउँदै अगाडी बढ्नु पर्छ । लोकतान्त्रिक पार्टीभित्र वादविवाद हुनु, छलफल हुनु, सहमति÷असमहमति हुनु स्वाभाविक प्रक्रिया हो । स्वभाविक प्रक्रिया अनुसार नै राजपामा केही सहमति असहमतिका कुराहरू भएका छन् । यसलाई लोकतान्त्रिक पक्षधरले सामान्य रूपमा नै लिनुपर्छ । यो लोकतान्त्रिक पार्टी हो, यहाँ यस्ता सानातिना सहमती/विमती र बहस भई नै रहन्छन् ।

    ० अध्यक्षमण्डलका एक जिम्मेवार व्यक्तिबाट नै सार्वजनिकरूपमा नकारात्मक अभिव्यक्ति आएपछि पार्टीका अन्य नेता कार्यकर्ताहरूमा कस्तो सन्देश जान्छ त ?

    — हामीले उहाँहरूलाई बारम्बार भनिरहेका छौं कि आफ्ना मनका कुराले पार्टी चलाउने होइन । पार्टी जनताको जनादेश र कार्यकर्ताको मतादेशबाट चल्ने हो । मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने काम हाम्रो अभिभारा अहिले बाँकी नै छ । नेपालको यो अधुरो संविधानलाई संशोधन गराउनु पर्ने हाम्रो मुख्य दायित्व बाँकी छ । हाम्रा धेरै योद्धाहरू जेलमा हुनुहुन्छ, झुठा मुद्दामा फसाइएका छन्, ती मुद्दाहरू सम्बोधन गराउने काम राजपाको काँधमा रहेको छ भन्ने कुराहरू बिर्सिनु हुँदैन हाम्रा नेताहरू । आफ्नो निजी स्वार्थका लागि पार्टीलाई बदनाम गराउने, राजनीतिक शक्तिलाई कमजोर गराउने काम कसैबाट नहोस् । जजसले सार्वजनिकरूपमा गैरराजनीतिक तरिकाले वक्तव्य दिनुभएका छन्, उहाँहरूलाई चारैतर्फबाट आलोचना भएको छ । अब उहाँहरूले यस्तो गर्नु हुन्न र गर्नु पनि हुँदैन । कुनै पनि विषयमा सहमति असहमति जनाउनुहोस्, छलफल गर्नुहोस् तर अन्त्यमा सहमति र संवादमा गएर पार्टीलाई निष्कर्षमा पु¥याउनुहोस् भन्ने मेरो सुझाव छ ।

    ० संयोजकप्रति जुन किसिमका आरोपहरू छन्, ती आरोपहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    — अध्यक्षमण्डलको अनौपचारिक बैठकबाट यी कुराहरू मिलिसकेका छन् । अबको समयमा पार्टीलाई अगाडी बढाउने विषयमा सबै नेताहरू सहमत हुनुहुन्छ । समस्यालाई समाधान गर्दै अगाडी बढ्ने एउटा वातावरण निर्माण भएको छ । त्यसैले पुराना कुरालाई कोट्याएर बाटो बिगार्ने काम नगर्दा उचित होला । तर विगतका दिनहरूमा राजपाले जे ग¥यो त्योे उपलब्धि, जनआन्दोलनमा जनादेश लिनका लागि मतादेश लिनका लागि देखाएको एकता सुझबुझका साथ गरेको नेतृत्व र मधेशी जनताको सहयोग हो । अबको समयमा आएर केही नेताहरूको कार्यशैलीमा परिवर्तन गर्नुपर्ने कुराहरूमा सम्पूर्ण कायकर्ता पंक्तिका दोस्रो तहका नेताहरूको सुझाव आएको छ । उहाँहरूले आफ्नो प्रवृत्तिमा परिर्वतन गर्नैपर्ने हुन्छ । हामीहरूले लिखित तथा मौखिक रूपमा विभिन्न पदाधिकारी, राजनीतिक समितिको बैठकबाट अध्यक्षमण्डललाई पटक–पटक सुझाव दिइरहेका छौं । वक्तव्यबाजीमा कसले कसरी बोल्ने कुराको पुष्टाई तर्फ आज जानुपर्ने सन्दर्भ समयसापेक्ष छैन ।

    ० अनुशासनभन्दा बाहिर रहेर बोल्नेहरूलाई कारबाही होला त ? 

    — निश्चितरूपमा । पार्टीको अनुशासनभन्दा बाहिर जाने जो कोहीलाई पनि छुट छैन । पार्टीले अनुशासनहीन काम गर्ने र बोल्ने पार्टीलाई अहित हुने गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि उच्चस्तरीय छानविन गरेर दोषीलाई कारवाही गर्नुपर्छ ।

    ० अध्यक्षमण्डलको संयोजक परिवर्तन विधानअनुसार नै हो ? 

    — अध्यक्षमण्डलको संयोजक परिवर्तन सर्वसम्मतमा नै भएको देखिएको छ । पार्टीको विधानमा अध्यक्षमण्डलले पार्टी सञ्चालन गरेपनि सबै निर्णयहरू सर्वसम्ममा गर्नु पर्ने व्यवस्था छ । र यो पहिलो पटक बहुमतीय प्रणालीबाट संयोजक परिर्वतन गर्ने प्रक्रिया आयो । यो पनि पार्टीको हितका लागि राम्रो होइन । आजसम्म सबै निर्णयहरू सर्वसम्मतमा भएका थिए तर यो निर्णय पनि सर्वसम्मतमा नै हुनुपर्ने थियो । बहुमतीय प्रणालीमा पार्टी चलाउने कही पनि बैधानिक व्यवस्था छैन र सहमतीय प्रणालीमा पार्टी सञ्चालन गर्नुपर्ने हुन्छ । यो निर्णय बहुमतबाट भएको हामीले सुनेका छौँ । त्यसैले हामी सल्लाह गरिरहेका छौ कि अब बहुमतीय प्रणालीबाट अगाडी बढ्ने कि पहिलेकै सहमतीय प्रणालीबाट । पार्टी भित्र कतै पनि अस्विकारको प्रतिक्रिया नआउँदा नआउँदै पनि संयोजक किन बहुमतीय प्रणालीबाट भयो भन्ने प्रश्न सबैको अगाडी खडा भएको छ । बहुमतीय प्रणालीबाट अध्यक्षमण्डलको संयोजक परिवर्तन गर्ने निर्णय उचित थिएन ।

    ० भनेपछि संयोजक चयन विधान विपरित भएको हो ?

    — विधान विपरित त होइन, तर नेताहरूले गम्भीर भएर अझै छलफल गरेको भए महन्थजी उक्त निर्णयलाई अस्वीकार गर्ने, विधानभन्दा बाहिर जाने व्यक्ति उहाँ होइन । अध्यक्षमण्डलका ६ जना पनि विधानभन्दा बाहिर जाने अवस्था थिएन । यो किन हतार भयो भन्ने एउटा प्रश्न नै छलफलको मुख्य विषय रहेको छ । अरू जिल्लामा पनि यस्ता समस्याहरू आएको र पछि पार्टी भित्रै छलफल गरि सर्वसम्मत गराइएको घटना पनि हामीसँग छ ।

    ० महाधिवेशनको मुखमा आएर संयोजक परिर्वतन हुँदा महाधिवेशनमा कतिको असर पर्ला त ?

    — संयोजक परिर्वतनले महाधिवेशनमा त्यत्ति असर पार्दैन । महन्थ ठाकुरजीले पनि भन्नु भएको छ कि पार्टी भित्र हाम्रो कुनै किसिमको विवाद छैन । यो संयोजक परिर्वतन सामान्य प्रक्रियाबाट नै भएको हो । त्यसैले संयोजक परिर्वतनका कारण महाधिवेशनमा कुनै किसिमको असर पर्दैन ।

    ० भनेपछि अब दुई/दुई महिनापछि संयोजक परिवर्तन भइरहन्छ ?
    — तत्कालको निर्णयले हामीलाई त्यहि बाटो देखाउँछ । अहिलेको चक्रीय प्रणाली भन्नाले समयअवधि पुग्दै जाँदा संयोजकत्व हस्तान्तरण हुँदै जान्छ । यहि निर्णयलाई आधार मान्ने हो भने समय अवधि पुग्दा सहजरूपमा नै संयोजक परिर्वतन हुन्छ र हुनै पर्छ ।

    ० पार्टीको आन्तरिक विवादको कारण अहिले तपाईहरूको मुख्य माग ‘संविधान संशोधन’ गौण भएको देखिएको छ नि ?
    — अहिलेको घटनाक्रमले हाम्रो मुख्य माग गौण भयो भन्न मिल्दैन । हाम्रो राजनीतिक मुद्दा यथावत् नै छ । यो माग हाम्रो पार्टीको मात्र नभई यो जनआन्दोलनबाट प्राप्त सम्पूर्ण मधेशवासीको हो । त्यसैले संविधान संशोधन गराउनु हाम्रो प्रमुख दायित्व हो । हामीले सरकारलाई अल्टिमेटम पनि दिइसका छौं कि हाम्रो माग पूरा होस्, संविधान संशोधन होस् । तर सरकारले हाम्रा मागहरूलाई बेवास्ता ग¥यो भने हामी पुनः नयाँ ढङ्गबाट आन्दोलन गर्नेछौँ । पहिलाभन्दा सशक्त तरिकाले आन्दोलन गरी कुनै पनि हालतमा नेपाल सरकारलाई घुँडा टेकाउँछौ । पहिला हामी ६ वटा राजनीतिक दलहरूलाई एक चरित्रमा ढालेर सशक्त रूपमा मधेशको आन्दोलन र शहीदको बलिदानलाई खेर जान नदिनेगरि अगाडी बढेने छौँ ।

    ० विगतमा फोरमसँग मिलेर आन्दोलन गर्दा त माग पूरा भएन । अहिले फोरम पनि सत्तापक्ष छ, कसरी सरकारको घुँडा टेकाउन सक्नुहुन्छ ? 

    — अहिले नेपालको राजनीतिमा मधेशी मात्रको एक मात्र प्रतिनिधित्व गर्ने दल राजपा हो । र यो हाम्रो घमण्ड होइन ।

    ० तपाईहरूले सरकारलाई कहिलेसम्मका लागि अल्टिमेटम दिनुभएको छ ? 

    — हामीले सरकारलाई छठसम्म हाम्रो माग पुरा भएन भने हामी आन्दोलनमा जान्छौं भनेका थियौं । तर तत्काल पार्टीको आन्तरिक कार्यक्रम तथा महाधिवेशनका कार्यक्रमहरू आए त्यसैले केही ढिला भएको हो । यो कार्यक्रमको छिनोफानो गरे लगत्तै हामी पुनः सरकारलाई एक पटक घच्घकाउने छौँ । त्यसपछि पनि सरकारले ध्यान दिएन भने हामी आन्दोलनमा जाने छौँ ।

    (मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...