News Portal

  • शाही भन्छन् ‘शनिवार साझँ तात्दैछ भक्तपुर’, कतै तपाइँ छुट्दै त हुनुहुन्न ?

    ११९८ पटक

    भक्तपुर, २७ पुस

    (भक्तपुर सांगीतिक समाजले भोली पुस २८ गते सल्लाघारीस्थित इम्पेरीयल बेन्क्वेटमा दीपक खरेल साँझको आयोजना गरेको छ । प्रस्तुत छ, यसैको तयारीको बिषयमा समाजका अध्यक्ष प्रविन शाहीसंग गरिएको कुराकानीको सार संक्षेप ।)

    दीपक खरेल साँझको तयारी कस्तो भैरहेको छ ?

    तयारी अन्तिम चरणमा छ । भोलि नै कार्यक्रम भएकोले हामीले सम्पूर्ण तयारीलाई रिभ्यु गरिरहेका छौ । यो कार्यक्रम हामीसंग मात्र नभई समग्र भक्तपुरकै व्यवस्थापकीय क्षमता संग जोडिएको हुँदा हामी यसलाई एतिहासिक रुपमा सफल पार्ने प्रणका साथ् काम गर्दैछौ ।

    यस कार्यक्रममा सहभागी हुन चाहनेले के गर्नुपर्छ ?

    आज सम्मलाई तोकिएका टिकट बिक्री केन्द्रहरुबाट रु २५ सय अथवा १२ सयको टिकट खरिद गरी कार्यक्रममा सहभागी हुन सकिनेछ भने भोली २८ गते भने कार्यक्रमस्थल सल्लाघारीस्थित इम्पेरीयल बेन्क्वेटमा मात्र टिकट उपलब्ध हुनेछ ।

    अहिलेसम्म कति टिकट बिक्री भएका छन ?

    अहिलेसम्ममा ५० प्रतिसत टिकट बुक भएका छन । हामीले ८ सय देखि १२ सय दर्शकको अपेक्षा गरेका छौ । त्यही अनुसार हामीले हेर्ने तथा खाने व्यवस्था मिलाएका छौ । अहिले करिब ५ सय टिकट बुक भैसकेका छन । स्पटमै टिकट खोज्नेहरुको संख्या ठूलो रहने हाम्रो अनुमान छ तर हामी क्षमता भन्दा एउटा पनि बढी टिकट नकाट्न बाध्य छौ ।

    कार्यक्रममा बिशिष्ठ व्यक्तित्वहरु पनि सहभागी हुदै हुनुहुन्छ कि ?

    कार्यक्रममा वरिष्ठ गायक दिपक खरेलज्युका चर्चित तथा कालजयी गीतहरुका लेखक तथा संगीतकारहरु जस्तो कि शम्भुजित बास्कोटा, दिपक जङगम, राजेन्द्र रिजाल, राजेन्द्र थापा , नीर शाह, हरि लम्साल, माणिक रत्न लगायत सांगीतिक व्यक्तित्वहरुको उपस्थिति रहने छ । त्यसैगरी श्रस्ठाहरु प्रेमध्वज प्रधान, प्रकाश सायमी, योगेश बैद्य, चेतन कार्की र चलचित्रकर्मिहरु नायक शिव श्रेष्ठ , भुवन के.सि, मदन कृष्ण श्रेष्ठ , हरिबंश आचार्य, मिथिला शर्मा, गौरी मल्ल, लगायत चर्चित ब्यक्तित्वहरुको उपस्थितिमा हुन गैरहेको यो कार्यक्रम एतिहासिक हुने कुरामा दुई मत छैन । हामीले गीत संगीतलाई माया गर्ने भक्तपुरका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुलाई समेत आमन्त्रण गरेका छौ । उहाहरुको पनि हौसलामय उपस्थितिको हामीले आशा राखेका छौ ।

    साँझमा कत्तिको पारिवारीक माहौल हुनेछ । स परिवार साँझको मजा लिन खोज्ने गीत संगीतका पारखीहरुलाई तपाइँ के भन्न चाहनुहुन्छ ?

    हामीले यस अघि स्वर सम्राट स्वर्गीय नारायण गोपाल स्मृति साझको सफल आयोजना गरिसकेका छौ । भक्तपुर सांगीतिक समाजले कुनै लहडमा कार्यक्रम गरेको नभई पूर्ण जिम्मेवारीका साथ् कार्यक्रम आयोजना गरेको छ । यसमा हाम्रा सदस्यरु सपरिवार सहभागी हुदैछन । गीत संगीतका बिशिष्ठ व्यक्तित्वहरु समेत परिवार सहित सहभागी हुने यो कार्यक्रम पूर्ण पारिवारिक वातावारणमा संचालन हुने कुरामा कुनै शंका गर्नुपर्दैन । भक्तपुरको आफ्नै आगनमा भैरहेको यो एतिहासिक साँझमा सपरिवार सामेल भएर भरपुर मनोरंजन लिन म आयोजक संस्थाको अध्यक्षको नाताले हार्दिक अनुरोध गर्दछु ।

    साझलाइ सभ्य र भब्य बनाउन सुरक्षा ब्यवस्था कसरी मिलाइको छ?

    मैले अघि नै भनिसके पूर्ण पारिवारिक माहोल रहने हुदा निर्धक्क भएर साँझको मजा लिन सकिनेछ । कार्यक्रमलाई ब्यबस्थित रुपमा सम्पन्न गर्न हामीलाई संस्थाका आजिवन सद्स्य,स्वयम्सेवक तथा प्रहरी प्रशासन को समेत साथ र सहयोग प्राप्त भएको छ ।

    अन्त्यमा केही भन्नुपर्दा ?

    नेपाली सुगम संगीताका मेलोडी किङ दीपक खरेलको लाइव प्रस्तुती हेर्न छुटाउनु भनेको गीतसंगीतको दुनियाबाट भाग्नु जस्तै हो । तपाइहाम्रो सुख दुखको सारथी रही आएको खरेलका सदावहार गीतहरु प्रत्यक्ष सुनेपछि/हेरेपछि यसले जीवनमा थप उर्जा दिने छ । उहाँका  गीत संगीत केवल मनोरंजन मात्र होइन, जीवन भोगाइहरुको मर्मस्पर्सी पाठ पनि हो । त्यसैले यो एतिहासिक पलको साक्षी बनी भक्तपुर सांगीतिक समाजको प्रयासलाई सहयोग गरि बरिष्ठ गायक खरेलको साथमा अविश्मरणीय साँझ बनाउन यहाँहरु सपरिवार उपस्थित हुनुहुने अपेक्षा गर्दछु ।

    प्रतिकृया दिनुहोस्

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको...

    १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच...

    कलाकार सङ्घको अध्यक्षमा माेहन निरौला विजयी

    कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।...

    स्ववियु निर्वाचनको मतदान सुरु

    स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि आज...