News Portal

  • अक्षरांकन पद्धति बारेको गुनासो मेटाउन कार्यशाला

    नेपालवाल संवाददाता२०७५ पुष २७ गते
    २०६६ पटक
    २०७५ पुष २७ गते

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षामा अक्षरांकन पद्धति अनुसारको मूल्यांकनपछि यसका सम्बन्धमा विभिन्न गुनासाहरु सुनिन् थालेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले यस विषयमा बृहत छलफल शुरु गरेको छ । सातै प्रदेशमा सञ्चालन गर्नेगरी बोर्डले शुक्रवार प्रदेश नम्बर ३ मा एकदिवसीय अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

    एकदिवसीय कार्यशालामा सरोकारवालाहरुलाई ६ विभिन्न समूहमा विभाजन गरी छलफल गरिएको थियो । ६ समूहले अक्षरांकन पद्धतिको प्रयोग, सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको नतिजाको अन्तर, परीक्षाको मर्यादा र व्यवस्थापन, प्रश्नपत्रमा सुधार, प्रत्येक ग्रेडको व्याख्यालगायत विषयमा छलफल गरी निचोडको प्रस्तुतीकरण गरेका थिए ।

    कर्यक्रममा अक्षरांकन पद्धतिका बारेमा शिक्षक, विद्यार्थी र अभिभावकमा रहेको भ्रम, यसले नतिजामा पारेको प्रभाव र सिकाइ गुणस्तरको परिधिमा रहेर सामुहिक छलफल र निचोड प्रस्तुत गर्ने काम भएको थियो ।

    कार्यक्रममा स्वागत गर्दै बोर्डका निमित्त सदस्इ सचिव जंगबहादुर अर्यालले अक्षरांकन पद्धतिबारे सरोकारवालाहरुलाई सुसुचित गर्न, यसबारे देखिएको समस्या समाधान गर्न, यसबारे सरोकारवालाहरुको सुझाब लिँदै मूल्यांकन पद्धतिमा देखिएको त्रुटी कम गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी गराए ।

    २०७१ असार ३० गते पहिलो पटक अक्षरांकन पद्धति लागु गर्ने सैद्धान्तिक निर्णय र २०७२ मा कार्यविधि बनाएर २०७३ देखि यसको व्यवहारिक कार्यान्वयन शुरु भएको थियो । जुन कार्यविधि समयसापेक्ष सुधारका लागि भन्दै ५ पटक संशोधन भइसकेको छ । २०७२ सालमा तत्कालीन एसएलसी परीक्षा तर्फको प्राविधिक तर्फको नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित गरिएको थियो ।

    २०७३ मा तत्कालीन एसएलसी परीक्षाका सवै नतिजा, २०७४ मा कक्षा ११ को र २०७५ देखि बोर्डले कक्षा १२ को नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित गर्न शुरु गरेको छ । हाल बोर्डले माध्यमिक शिक्षाका परीक्षाका उत्तरपुस्तिका परिक्षण अंकका आधारमा गर्नेगरेपनि नतिजा भने अक्षरांकन पद्धतिमा प्रकाशित गर्दै आएको छ । बोर्डले हाल विद्यार्थीहरुलाई उत्तीर्ण र अनुत्तीर्णको व्यवस्था रहित विषयगत ग्रेड र समग्रमा स्तरीकृत अंक(GPA)का आधारमा प्राप्त ग्रेडको व्याख्या सहितको लब्धाङपत्र उपलब्ध गराउँदै आएको छ ।

    शुक्रवार आयोजित कार्यशालामा प्रा.डा. गणेशबहादुर सिंहले मूल्यांकनका विभिन्न विधि, अक्षरांकन पद्धति, विश्वमा यसको अभ्यास, सिकाइ यसको प्रभावका सम्बन्धमा अनुसन्धान रिपोर्ट प्रस्तुत गरेका थिए ।

    बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले माध्यमिक परीक्षाको नतिजा प्रकाशनमा अक्षरांकन पद्धति लागु भएपनि यसका सम्बन्धमा उठेका जिज्ञासा हरुको समाधानका लागि कार्यशाला आयोजना गरिएको बताए । ‘यस सम्बन्धमा उठेका विभिन्न जिज्ञासा को सरोकारवालाहरुबीच छलफल गराई आएको निचोडको प्रतिवेदन बनाइ सुधारका लागि मन्त्रालयमा पेश गरिनेछ’– पौडेलले भने ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...