News Portal

  • प्राविधिक शिक्षा राज्यको प्राथमिकतामा परेको छ : डा वाग्ले

    भक्तपुर, ७ फागुन
    ११४७ पटक
    भक्तपुर, ७ फागुन

    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) का सदस्य सचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई स्थानीय आवश्यकतासंग जोड्ने जानकारी गराएका छन । देशभर एक हजार बढी छोटो अवधीको तालिम दिने सस्था रहेको र २ सय ९२ स्थानीय तहमा टेक्स कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा बिस्तार गरिएको बताउदै डा वाग्लेले सीटीइभीटीको प्राथमिकतामा स्थानीय तह परेको दावी गरे ।

    सोमवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखा र सीटीइभीटीको संयुक्त आयोजनामा भक्तपुरको नगरकोटमा संचालित ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको विकाश र विस्तारकालागि संचारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य सचिव डा वाग्लेले देशमा प्रत्येक बर्ष ५ लाख मानिस रोजगारीको लागि निस्कने भएता पनि आफूहरुले मुस्किलले करीव १ लाखलाई मात्र व्यवसायिक प्रतिस्पर्धीकोरुपमा तयार पार्न सकेको भन्दै सीटीइभीटीको क्षमता र प्राविधिक शिक्षाको विस्तारमा संचारकर्मीहरुले बोलिदिनुपर्ने बताए ।

    सदस्य सचिव वाग्लेले भने, ”प्राविधिक शिक्षा राज्यको प्राथमिकतामा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हाल्नासाथ २ वर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने घोषणा गरेबमोजिम हामीले युद्धस्तरमा काम अगाडी बढाएका छौ ।” उनले अहिले जत्ति प्राविधिक शिक्षालय कहिल्यै स्थापना नभएको समेत जिकिर गरे ।

    उक्त अन्तरक्रिया कार्यक्रममा सीटीइभीटीका योजना महाशाखाका निर्देशक रमेशकुमार बखतीले प्रत्येक प्रदेशमा ६ हजारका दरले ७ वटै प्रदेशमा गरी ४२ हजार युवालाई निकट भबिष्यमै सीपमुलक तालिम दिने तैयारी भैरहेको जानकारी गराएका थिए भने सीटीईभीटीका प्रवक्तासमेत रहेका अर्का निर्देशक देवेशचन्द्र देवकोटाले सीटीईभीटीले ‘सीप सिक,कमाउ र तिर’ भन्ने नयाँ अवधारणा अघि सारेको समेत बताए । कार्यक्रममा शिक्षा विकाश तथा समन्वय इकाई भक्तपुरमा प्रमुख हरि दाहालले शिक्षा तथा मानव श्रोत विकाश केन्द्र र सीटीईभीटीले एकसाथ विद्यालयमा हात हाल्दा समस्या परेको भन्दै समन्वय गरेर अघि बढ्न सुझाव दिएका थिए ।

    उक्त अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार बद्री तिवारीले पत्रकारको तर्फबाट र सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले सीटीईभीटीको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्कर बुढाथोकीको अध्यक्षतामा महासंघका जिल्ला सचिब कृष्ण नेपालद्वारा संचालित उक्त अन्तरक्रिया कार्यक्रममा महासंघका केन्द्रीय लेखा समिति सदस्य मीरा राजभण्डारी,पत्रकार महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का शिक्षा पत्रकारद्वय संजीप शुभचिन्तक र हरिसुन्दर छुँका, त्यसैगरी जिल्लाका पत्रकारहरु जीवन ढुंगाना, सुन्दर शिल्पकार, हरिबहादुर श्रेष्ठ लगायतले आ-आफ्नो बिचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...