News Portal

  • सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्छ : प्रचण्ड

    भक्तपुर, ११ फागुन
    १५१० पटक
    भक्तपुर, ११ फागुन

    पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खेती गरेर बस्न मन लागेको खुलासा गरेका छन । जुनसुकै बेलामा पनि राजनीतिक दवावमा रहने प्रचण्डले आफूलाई सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्ने खुलासा गरेका हुन् ।

    शनिवार भक्तपुरको ठिमी चारदोबाटोमा तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उनले भने, ” हाम्रा युवाहरु सुनको टुक्रा जस्तो जमिन बाझो बनाइ विदेश जान तछाड मछाड गरेको देख्दा दिग्दार लाग्छ । म आफै सबैकुरा छोडेर खेती गरेर बसूँ भन्ने लाग्छ । ” युवाहरुले सामूहिक खेती वा व्यक्तिगत कम्पनि मार्फत आधुनिक खेती गरे कमाउन विदेश जानु नपर्नेमा उनले जोड दिए ।

    अध्यक्ष प्रचण्डले राज्यले कृषि र शिक्षामा पर्याप्त बजेट छुट्याउन नसक्दा पर्याप्त प्रतिफल प्राप्त हुन् नसकेको औल्याउदै कृषि र शिक्षामा बिकाश नभई अरु क्षेत्रमा नेपालले विकाश गर्न नसक्ने समेत बताए । उक्त अवसरमा कृषि मन्त्री चक्रपाणि खनाल बलदेवले सरकारले युवालाई कृषिमा आकर्षित गर्ने कार्यक्रमहरु ल्याएको जिकिर गर्दै छिट्टै नेपालमा कृषि क्रान्ति मार्फत समृद्धिप्राप्त हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...