News Portal

  • २ सय ३४ न्यायाधीशहरुको सरुवा, भक्तपुरका पनि परे – हेर्नुस् को कहाँ

    १६२७ पटक

    भक्तपुर, २ साउन । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो ।

    न्याय परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष तथा सदस्य (न्यायाधीश) तोक्न पनि सिफारिस गरेको छ । परिषद बैठकले उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष तोक्न सिफारिस गरेको छ ।

    यो सरुवामा भक्तपुर जिल्ला अदालतका न्यायाधिश सीता शर्मा अधिकारी सर्वोच्चमा काजमा रहदै आएकीमा सरुवा भएर मकवानपुर जिल्ला अदालत पुगेकी छन् भने काजमा रहेर भक्तपुर जिल्ला अदालतमा रहेका माधव प्रसाद अधिकारीको सरुवा यहिँ भएको छ ।

    त्यसैगरी न्याय परिषद काजमा रहेकी रुपन्देही जिल्ला अदालतकी कमला पौडेल पनि सरुवा भएर भक्तपुर आएकी छन् । भक्तपुरका मात्रिका प्रसाद मरासिनी सरुवा भएर रुपन्देही जिल्ला अदालत पुगेका छन् ।

    adalat सरुवा लिस्ट हेर्न यहाँ क्लिक गर्नुस्

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...