News Portal

  • सल्लाघारीमा तास खेल्नेहरु प्रहरीको फन्दामा

    भक्तपुर, २ साउन
    ११९७ पटक
    भक्तपुर, २ साउन

    भक्तपुरमा ठूलो बाजीमा तास खेल्नेहरु प्रहरीको फन्दामा परेका छन् । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

    भक्तपुर नगरपालिका- १ सल्लाघारीमा तास खेलिरहेको अवस्थामा ६ जना प्रहरीको फन्दामा परेका हुन् । बिशेष सुचनाको आधारमा विहीवार उनीहरुलाई समातेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले पुष्टि गरे ।

    प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद रु ६७ हजार ८५ रुपैया र ७ बुक तास सहित ६ जनालाई पक्राउ गरेको उनले जानकारी गराए । प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुलाई अहिले महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...