News Portal

  • सानोठिमी आएर नेकपा महासचिवले गरे एकता अधिवेशनको उद्घाटन

    भक्तपुर, ३ साउन
    १६३० पटक
    भक्तपुर, ३ साउन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई नयाँ शिक्षा ऐनले अझ सबल बनाउने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको शिक्षा ऐनमा सीटीइभीटी ऐन गाभिएको विषयमा चित्त नबुझेको भए सरोकारवालासँग पार्टीले छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

    शुक्रवार सानोठिमीस्थित सीटीइभीटी प्रांगणमा आयोजित नेकपा निकट सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनको एकता अधिवेशन उद्घाटन गर्दै पूर्व अर्थ मन्त्री समेत रहेका महासचिव पौडेलले शिक्षा ऐन ड्राफ्ट हुँदैमा आत्तिन नपर्नेमा जोड दिंदै प्राविधिक शिक्षालाई बलियो बनाउन सीटीइभीटीलाई पनि बलियो बनाएर लैजाने आश्वासन दिए ।

    देशको आवश्यकता अनुसारको प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादनमा यसको बिकल्प नभएको भन्दै उनले आफू सीटीइभीटी र सरकार बीच समन्वय गराउन सदैव तयार रहेको धारणा व्यक्त गरे ।

    उक्त अवसरमा अनेरास्ववियुका संयोजक ऐन महरले चन्दा र आर्थिक सहयोगका कारण विद्यार्थी आन्दोलन बदनाम बनेको बताउदै अब अनेरास्ववियुले कसैसंग चन्दा नउठाउने दावी गर्दै विद्यार्थी आन्दोलन शशक्त बनाएर लैजाने बताए ।

    सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक संयोजक तेजबहादुर खत्रीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । संगठनको बन्द सत्रले पदाधिकारी चयन गर्ने जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...