News Portal

  • सर्टिफिकेट अफ ओरिजिन अब अनलाइन प्रणालीबाट जारी

    ९३१ पटक

    काठमाडौँ, ४ साउन । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरमा शुक्रवार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको प्रारम्भिक शुभारम्भ गरे ।

    अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था भएसँगै निकासी प्रर्वद्धनको क्षेत्र नयाँ युगमा प्रवेश गरेको छ । यससँगै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ । यो व्यवस्था भदौ १ गतेदेखि पूर्णरूपमा लागू हुनेछ ।

    सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले समय तथा श्रमको बचत तथा लागत कटौती हुँदा व्यापार विस्तारमा सहयोग पुग्ने बताए । नयाँ व्यवस्थासँगै निकासी सम्बन्धी सम्पूर्ण तथ्याङ्क स्पष्ट हुने उनको भनाइ थियो । सचिव अधिकारीले भने, “अब कति मूल्यमा कुन अवधिमा निकासी भयो भन्ने सम्पूर्ण तथ्याङ्क क्षण भरमा आउँछ ।”

    कार्यक्रममा चेम्बर अध्यक्ष श्रेष्ठले सरकारले घोषणा गरेको ‘डिजिटल नेपाल’को अवधारणाअनुरूप नै निकासी क्षेत्रमा अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था समय सान्दर्भिक रहेको बताए ।

    यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि अनलाइनबाटै उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्थाको अनौपचारिक प्रारम्भ गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...