News Portal

  • परिसर तातेपछि जगाती वृत्त समेत जुवाडे विरुद्ध जाइलाग्यो : क्याफेलाई जुवाघर बनाउने ७ समातिए

    भक्तपुर, ४ साउन
    २०५३ पटक
    भक्तपुर, ४ साउन

    सूर्यविनायक नगरपालिका- ६ सूर्यविनायक स्थित एक क्याफेबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चिरन थापाले संचालन गरेको करण क्याफेबाट उनीहरु पक्राउ परेका हुन् ।

    क्याफेमा जुवाको रुपमा तास खेल्ने/खेलाउने गरेको बिशेष सुचनाको आधारमा शनिवार करीव ४ बजेको समयमा प्रहरीले छापा हान्दा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका जानकारी प्राप्त भएको छ ।

    महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ७० हजार १ सय ९५ रुपिँया सहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

    पोखरेलका अनुसार पक्राउ परेका सातैजना अहिले महानगरीय प्रहरी वृत्त जगातीमा राखिएका छन् र उनीहरु उपर आवश्यक अनुसन्धान भैरहेको छ ।

    महानगरीय प्रहरी वृत्तको क्षेत्र अन्तर्गत पर्ने सूर्यविनायकमा शुक्रवार महानगरीय प्रहरी परिसर भक्तपुरको विशेष टोलीले छापा हान्दा ठुला जुवाडे पक्राउ परेका थिए । प्रहरीले १ लाख ३३ हजार ३ सय ५० रुपैया नगद र ३४ लाख ३० हजार रकम बराबरको ६ थान बिभिन्न बैंकहरुको चेकसहित १० जनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।

    परिसरकै संलग्नतामा यति धेरै जुवाडे समातिएपछि महानगरीय प्रहरी वृत्त जगातीले पनि आफ्नो संयन्त्र चुस्त बनाएको बताइएको छ । वृत्तलाई बाइपास गरेर सूचनादाताले परिसरमा सूचना दिन थालेपछि वृत्तको विश्वसनीयता माथि पनि प्रश्न उठ्न सक्ने भन्दै वृत्तलाई चलायमान गरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । पछिल्लो समय जुवा तास खेल्ने / खेलाउनेहरुमाथि प्रहरीको नियन्त्रण कार्य स्वागतयोग्य भएको स्थानीय अगुवाहरु बताउछन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...