News Portal

  • खत्रीको नेतृत्वमा सीटीइभीटी रास्ट्रिय कर्मचारी संगठनको कार्यसमिति चयन : नामावलीसहित

    भक्तपुर, ७ साउन
    १२९२ पटक
    भक्तपुर, ७ साउन

    सीटीइभीटी रास्ट्रिय कर्मचारी संगठनको पहिलो एकता अधिवेशनले नेतृत्व चयन गरेको छ । देशभरका प्रतिनिधिको सहभागीतामा सानोठिमीमा भएको अधिवेशनबाट तेजबहादुर खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

    एकताको पहिलो अधिवेशनले १५ पदाधिकारी र १७ केन्द्रिय सदस्यसहितको ३२ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गरेको संगठनका नवनिर्वाचित महासचिव नारायणप्रसाद सुबेदीले भक्तपुरपोस्टलाई जानकारी गराए । महासचिव सुबेदीका अनुसार वरिष्ठ उपाध्यक्षमा अर्जुन प्रसाद रिमाल र महिला उपाध्यक्षमा स्वस्थानी हमाल निर्वाचित भएका छन् भने प्रत्येक प्रदेशमा एक- एक जना उपाध्यक्ष समेत निर्वाचित गरिएको छ ।

    प्रदेश उपाध्यक्ष निर्वाचित हुनेमा प्रदेश नम्बर १ देखि क्रमश : मणि दाहाल, रामसेवक यादव,विजेश बस्नेत, तिलक शाही, प्रवेश शाह, नेत्रबहादुर खत्री र युवराज खत्री रहेका छन् । त्यसैगरी सचिवमा मुकेश आचार्य र खिम परियार कोषाध्यक्षमा विष्णुमाया बार्हाकोती र सहकोषाध्यक्षमा गणेशराज शाही निर्वाचित भएका महासचिव सुबेदीले बताए ।

    निर्वाचित १७ केन्द्रिय सदस्यहरुमा महेश्वर रेग्मी, सुमन श्रेष्ठ, प्रिति जिरेल, विमल शर्मा तिमल्सिना ,सुनिता गौतम,अनामिका चाैधरि, बखत व.कार्कि, सीता राई, मनाेज कुमार यादव, मुकेश कुमार साह ,प्रदिप श्रेष्ठ, सुमरेन चौधरी, पार्वति राेकाया, सरस्वती महर्जन, गजेन्द्र खत्री, शिवराम राेकाया र प्रकाश अर्याल रहेका छन् ।

    साउन ३ गते देखि शुरु अधिवेशनको २ दिन चलेको बन्द सत्रबाट ३२ सदस्यीय कार्यसमिति चयन भएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले शुक्रवार सानोठिमीस्थित सीटीइभीटी प्रांगणमा आयोजित सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनको एकता अधिवेशन उद्घाटन गरेका थिए ।

    उक्त अवसरमा पूर्व अर्थ मन्त्री समेत रहेका महासचिव पौडेलले शिक्षा ऐन ड्राफ्ट हुँदैमा आत्तिन नपर्नेमा जोड दिंदै प्राविधिक शिक्षालाई बलियो बनाउन सीटीइभीटीलाई पनि बलियो बनाएर लैजाने आश्वासन दिएका थिए । सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठन नेकपा निकट कर्मचारी संगठन हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...