News Portal

  • अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंगको परिचय–पत्र वितरण शुरू

    भक्तपुर, १० साउन
    २१२६ पटक
    भक्तपुर, १० साउन

    भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी परिचय–पत्र वितरण सुरू गरेको नगरपालिकाले जनाएको छ ।

    पूर्ण अशक्तलाई रातो कार्ड र अति अशक्तलाई निलो कार्ड वितरण गरिएको हो । रातो कार्ड पाउने ६० जना र निलो कार्ड पाउने १ सय ४५ जना गरी २ सय ५ जनालाई परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।त्यसैगरी उक्त अवसरमा मध्यम अपांगता भएकालाई पहेँलो र सामान्य अपांगता भएकालाई सेतो परिचय कार्ड वितरण गर्ने काम भने वडा कार्यालयबाट नै हुने जानकारी प्राप्त भएको छ ।

    परिचय पत्र वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले जन्म, वंश रदुर्घटनाका कारण अपांगता भएकाहरुले आफूमा भएका क्षमतालाई फरक ढंगले प्रस्तुत गरी समाजको निम्ति उदाहरणको रुपमा काम गर्नसक्ने भन्दै हौसला प्रदान गरेका थिए । उनले भक्तपुर नगरपालिकाले फरक क्षमता भएकाहरुको प्रतिभा प्रयोगका लागि विशेष योजना बनेको पनि बताए ।

    उक्त कार्यक्रममा परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजकसमेत रहेकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको वृत्तिविकासको लागि रु. १५ लाख बजेट विनियोजन गरेको जानकारी गराइन । अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, आवश्यक सहायक सामग्रीको लागि बजेट व्यवस्थापन तथा ब्रेल लिपी पाठ्यपुस्तक उपलब्धता, घुम्ती शिविर सञ्चालनलगायतका कार्यहरु गर्दै आएको जानकारी गराइन ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले अपांगता भएका व्यक्तिहरुहरुलाई क्रियाशील बनाइराख्ने कार्यक्रमहरु ल्याउनु आवश्यक भएको बताए भने  महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी रेवतीरमण पोखरेलले अपांगता भएका व्यक्तिहरुले नागरिक हकबाट बन्चित हुनु नहुनेमा जोड दिंदै उनीहरुलाई हौसला र अवसर उपलब्ध गराउनुपर्ने बताए  ।

    कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रोशनमैया सुवालले पनि अपांगता भएकाहरुको लागि अवसर दिन कन्जुस्याई नगरिने प्रतिबद्धता प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...