News Portal

  • धर्म, भाषा र जातको आधारमा राजनीति गर्नु सङ्कीर्ण सोच हो : विजुक्छे

    भक्तपुर,१२ साउन
    १८३३ पटक
    भक्तपुर,१२ साउन

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले धर्म, भाषा र जातका आधारमा राजनीति गर्न नहुने जिकिर गरेका छन । नेपालमा धर्म, भाषा र जातको आधारमा नेपालीलाई जुधाउन विदेशी शक्तिले चलखेल गरिरहेको खुलासा गर्दै अध्यक्ष विजुक्छेले केहि नेपाली दल तथा नेताहरु त्यसकै गोटी बनिरहेकोसमेत बताए । नेपालमा हिन्दू राष्ट्रको नारा दिएर नेपाली–नेपाली जुधाउनेतर्फ विदेशी शक्ति राष्ट्रको चलखेल भइरहेको उनको निष्कर्ष छ ।

    शनिवार भक्तपुरमा भक्तपुर नगरपालिका द्वारा आयोजित लेखक, कवि र कलाकारहरूको भेलालाई सम्वोधन गर्दै अध्यक्ष विजुक्छेले भने-”धर्म, भाषा र जातको आधारमा राजनीति गर्नु सङ्कीर्ण सोच हो । राजनीति धर्म, भाषा र जातको आधारमा होइन, वर्गको आधारमा गरिनुपर्दछ ।” धर्म, भाषा र जातको राजनीतिले कमजोर पक्षलाई दबाउने जिकिर गर्दै उनले वर्गीय राजनीतिले मात्र कमजोर वर्गको हित हुने दावी गरे ।

    धर्म र जातको आधारमा राजनीति गरेको भारतमा फासीवाद निम्तिने सम्भावना रहेकोमा जोड दिंदै अध्यक्ष विजुक्छेले भारतीय प्रभावबाट नेपाली राजनीति मुक्त हुनुपर्ने आवस्यकता औल्याए । त्यसैगरी उक्त अवसरमा नेता विजुक्छेले अमेरिका साम्राज्यवादी भएकोले समाजवादी व्यवस्था समाप्त गर्न अनेक षड्यन्त्र, जालझेल र चलखेल गरिरहनेतर्फ सचेत गराएका थिए । अमेरिकाको आफ्नो प्रभाव अन्त्य हुने चिन्ताले चीनसंग झगडा गराउने षड्यन्त्र गरिरहेको उनको आरोप छ ।

    उक्त अवसरमा नेता विजुक्छेले आदर्शोन्मुख समाज स्थापनामा प्रगतिशील कवि, लेखक र कलाकारहरूको महत्वपूर्ण भूमिका हुने भन्दै साहित्यलाई जनताको हतियारको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए । सामाज वर्गीय भएकोले कवि, लेखक र कलाकारहरूको सृजनाले कामदार वर्गको हित गर्न सक्नुपर्ने उनले बताए । समाजवादी क्रान्तिको पक्षमा लेखिएको साहित्य जनताको साहित्य हुने भन्दै अध्यक्ष रोहितले जनताको कथाब्यथा उजागर गर्न सक्ने साहित्य मात्र सफल हुने धारणा व्यक्त गरे ।

    “नेता, मन्त्री, सांसद तथा जनप्रतिनिधिहरूको कमी–कमजोरी औल्याएर सुधार्न सके यसले देश र जनताकै हित हुन्छ ।” उनले भने । अन्याय, अत्याचार , भ्रष्टाचार , कुरीति र अन्धविश्वासविरूद्ध सचेतना अभियानमा समेत कवि, कलाकार र लेखकहरू सामेल हुनुपर्नेमा नेता विजुक्छेले जोड दिए । साहित्यले जनताको सेवामात्र होइन जनतालाई भड्काउने काम पनि गर्ने भन्दै उनले त्यसको प्रतिवादमा जनताका कवि , लेखक र कलाकार जाइलाग्नुपर्ने जिकिर गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला र संस्कृतिमा धनी नगरको रुपमा रहेको भक्तपुरले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक योगदान पु¥याउन पर्ने आवस्यकता औल्याउदै साहित्यमार्फत जनताको चेतनास्तर उठाउने ध्येयले भेलाको आयोजना गरिएको जानकारी गराएका थिए ।

    सोही भेलामा जनकवि चन्द्रबहादुर उलकले साहित्यको उद्देश्य बहुमत जनताको सेवा गर्न र समाज परिवर्तन गर्ने हुनुपर्नेमा दृढता देखाएका थिए भने नेपालभाषा साहित्य तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले जनताको साहित्य पछिसम्म स्मरणीय हुने बताए ।
    त्यसैगरी सुपरिचित कलाकार आशाकाजी थकूले बहुजन हिताय, बहुजन सुखाय नै कवि, कलाकार र लेखकको मूल मन्त्र भएको बताए ।

    भेलामा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भनपाका प्रशासकीय अधिकृत यामलाल अधिकारी लगायतले भक्तपुर नगरपालिकाले आउन लागेको गाईजात्रा पर्व (सापारू) मा जनचेतनामूलक गीत, ख्याल, नाटक लेखन तयार गर्ने उद्देश्यले लेखक, कवि र कलाकारहरूको भेला आयोजना गरेको जानकारी गराउदै नगरपालिकाले जनताको साहित्य लेख्न सदैव प्रोत्साहित गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...