News Portal

  • पर्यटन विकासमा सरकारको दुई योजना : अन्तर्राष्ट्रिय मिडिया समिट र होटललाई सरकारी जमिन

    १०१९ पटक

    काभ्रेपलाञ्चोक, ११ साउन । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गरिने बताएका छन् । उनले ‘भ्रमण वर्ष’ सन् २०२० लाई लक्षित गर्दै उक्त मिडिया समिट आयोजना गरिने बताएका हुन् ।

    नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घको प्रदेश नं ३ स्तरीय प्रथम अधिवेशनलाई शनिवार बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भ्रमण वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तर्राष्ट्रिय मिडिया समिट गर्ने र यो पर्यटन प्रवर्धनमा महत्वपूर्ण हुने दावी गरे ।

    उनले भूकम्पपछि पर्यटन व्यवसाय धरासायी भएको चर्चा गर्दै त्यसको गलत संदेश चिर्न समिट फलदायी हुने सुनाए । ”प्राकृतिक प्रकोप त जहाँ पनि हुनसक्छ, समिटले दिने सकारात्मक सन्देशले पर्यटक तानिन्छन ।” उनले भने ।

    मन्त्री बाँस्कोटाले भ्रमण वर्ष सफल पार्न आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्नेमा जोड दिदै ठूला होटल तथा पर्यटकीय संरचना तयार गर्न चाहनेलाई सरकारले आरक्षण क्षेत्रबाहेक उपयुक्त स्थानमा लिजमा जमीन पनि दिनसक्ने योजनाको खुलासा गरे ।

    उनले अनुचित बार्गेनिङको विषयका निम्ति कुनै सङ्घसंस्था बनाइरहनु राष्ट्रलाई अहितकर हुने भन्दै बार्गेनिङ गरेर पाइन्छ भन्ने कुरा कसैले पनि नसोच्न चेतावनी समेत दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...