News Portal

  • महिला शिक्षकले खोजे गाह्रो गणितलाई सजिलो बनाउने उपाय

    काठमाडौं, १२ साउन
    ६८४ पटक
    काठमाडौं, १२ साउन

    विद्यार्थीलाई गाह्रो लाग्ने विषयमध्ये पर्छ गणित । यसो हुनुको अपजस प्राय: गणित शिक्षककै टाउकोमा पर्नेगर्छ । विद्यार्थीलाई सिकाउन नसकेको पिरलो त छदैछ,प्रत्येक परीक्षाफल प्रकाशन हुँदा गणित शिक्षक नै विद्यालयमा सबैभन्दा तनावमा देखिन्छन ।

    आइतवार गणित विषयको सिकाइ सुधार्न २५ शिक्षक उत्प्रेरित भएका छन् । महिला शिक्षक समाजले उपत्यकाका २५ विद्यालयका २५ जना मावि तहका गणित शिक्षकहरुलाई भेला गरि तालिम दिएको छ । समाजले उनीहरुलाई प्रतिनिधिमुलक ४ दिने गणित शिक्षण सिकाइ तालीम दिएको हो । विहीवार बाट शुरु भएको तालिम आइतवार सम्पन्न भएको हो ।

    काठमाडौं विश्वविद्यालय हात्तिवनमा आयोजना गरिएको ४ दिने कार्यशालामा विज्ञहरु डा. बालचन्द्र लुइटेल, विनोदप्रसाद पन्त, नेत्रकुमार मानन्धर, इन्द्रमणि श्रेष्ठलगायतले शिक्षकहरुलाई गणित शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण दिएका थिए । काठमाडौं विश्वविद्यालय, काठमाडौं युनेस्कोको सहयोगमा महिला शिक्षक समाजले पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।

    गणित शिक्षकहरुलाई विज्ञहरुद्वारा ४ दिनसम्म गणितलाई कसरी सरल तरिकाले सिकाउने, गणित सिकाइमा सूचना प्रविधिको प्रयोग कसरी गर्ने, गणित सिकाइलाई व्यवहारिक र मनोरञ्जनात्मक कसरी बनाउने भनेर सिकाइएको थियो ।

    यसैगरी, सो ४ दिने कार्यशालामा गणित विषयको आधार मजवुत कसरी पार्ने, हौसलायुक्त सिकाइ कसरी गर्ने, गणितलाई विद्यार्थीहरुको आकर्षण र रोजाइको विषय कसरी बनाउने भन्ने बारेमा शिक्षकहरुलाई व्यवहारिक सीप दिइएको महिला शिक्षक समाजकी उपाध्यक्ष एवं पद्यकन्या माविकी प्रअ रिता तिवारीले जानकारी दिइन् ।

    तिवारीका अनुसार शिक्षकहरुलाई काठमाडौं विश्वविद्यालयमा रहेको म्याथ ल्याव र कम्प्युटरल्यावमा लगेरसमेत व्यवहारिक सीप सिकाइएको थियो । इन्टरनेटबाट गणित सिकाइ सामग्री कसरी संकलन गर्ने, गणित सिकाइमा नयाँ नयाँ विधिहरुको प्रयोग कसरी गर्ने, खेलखेलाउँदै कसरी गणित सिकाउने भन्ने बारे विज्ञहरुले शिक्षकहरुलाई जानकारी गराएका थिए ।

    कार्यक्रममा गणित शिक्षकहरुलाई सूचना प्रविधिको प्रयोग गर्न लगाएर, विभिन्न काम र प्रयोगहरु गर्न लगाएर गणित सिकाइलाई कसरी व्यवहारिक, प्रविधिमैत्री, मनोरञ्जनात्मक र सरल बनाउन सकिन्छ भन्नेबारे सिकाइएको समाजकी उपाध्यक्ष एवं जनकल्याण मावि चावहिलकी प्रअ कुमारी कमला राईले जानकारी दिइन् ।

    ४ दिने कार्यशालामा आफूले गणित सिकाइका आधारभूत कुराहरु अति सरल ढंगले सिकेको सहभागी बालउद्दार मावि कपनकी मावि गणित शिक्षक नमूना दाहालले बताइन् । कार्यशालापछि गणित सिकाइका सन्दर्भमा आफूमा रहेका केही अन्योल हटेको तथा गणितलाई कसरी सूचना प्रविधिको प्रयोग गरेर खेलाउँदै, रमाइलोसँग सिकाउन सकिन्छ भनेर जानकारी मिलेको दाहालले बताइन् ।

    कर्यशालापछि आफूलाई आफ्नो गणित सिकाइका परम्परागत विधि पुरानो लागेको स्वीकार्दै अब इन्टरनेटबाट नयाँ नयाँ विधिहरु सिक्दै सिकाउँदै जाने उनले स्पष्ट पारिन् ।

    अर्का सहभागी बुढानिलकण्ठ माविका गणित शिक्षक मनोज तामाङले अहिलेका विद्यार्थीहरु धेरै अपडेट रहेको अवस्थामा आफ्ना सिकाइका विधि पुरानो भइसकेको कार्याशालाले स्पष्ट पारिदिएको बताए । अब उनीहरुलाई नयाँ टेक्नोलोजीबाट सिकाउने र यसबारे विद्यालयका अन्य शिक्षकहरुलाई पनि जानकारी गराउने उनले स्पष्ट पारे ।

    माध्यमिक शिक्षा परीक्षा एसइइमा देशभर गणित विषयको नतिजा खस्किएको अवस्थामा गणित विषयको शिक्षण सिकाइलाई कसरी सुधार्न सकिन्छ भनेर कार्यशाला आयोजना गरिएको शिक्षक समाजकी अध्यक्ष एवं निलबाराही मावि कालीमाटीकी प्रअ डा. जानुका पौडेल नेपालले जानकारी दिइन् ।

    गणित विषयको सन्दर्भमा रहेको हौवा घटाएर यसलाई कसरी रमाइलोसँग सिकाउन सकिन्छ भनेर शिक्षकहरुलाई जानकारी दिन यस्तो कार्यशाला आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने डा. नेपालले स्पष्ट पारिन् ।

    अब शिक्षकहरुले ४ दिन कार्यशालामा सिकेका कुराहरु विद्यालयमा गएर अन्य शिक्षकहरुलाई पनि सिकाउने उनले बताइन् । ‘अब कक्षाकोठाको सुधारमा केन्द्रित रहँदै यस्ताखाले सिकाइ तालीम सञ्चालन गर्दै अगाडि बढ्छौं’ – डा. नेपालले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...