News Portal

  • सानोठिमीस्थित परीक्षा बोर्डले गर्यो ग्रेड वृद्धिको सूचना, सबैले नपाउने प्रावधान (सूचना सहित)

    बाबुराम दाहाल भक्तपुर, १६ साउन
    २१६४ पटक
    भक्तपुर, १६ साउन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो ।

    ग्रेड वृद्धिको परीक्षामा सामेल हुन चाहने विद्यार्थीले दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर प्राप्त गर्ने तर त्यसका लागि पनि अन्य विषयमा आवश्यक ग्रेड प्राप्त गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

    बोर्डले परीक्षाको समय तालिका समेत सार्वजनिक गरिसकेको छ । जसअनुसार भदौ २२ र २३ गते विहान ११ बजेदेखि २ बजेसम्म परीक्षा संचालन हुनेछ र त्यसका लागि भदौ २ गते भित्र दस्तुर तिर्न र भदौ ५ गतेभित्र फारम बुझाइसक्नुपने व्यवस्था गरिएको छ ।

    गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको परीक्षाफल साउन १३ गते प्रकाशित भएको थियो । बोर्डले परीक्षा भएको ७५ दिनमै परीक्षाफल प्रकाशन गर्न सफल भएको थियो । नियमित, ग्रेडबृद्धि र आंशिक गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीहरु सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    फारम भर्न पाउने प्रावधान

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाए अनुसार सबै विषयमा सी प्लस वा माथिको ग्रेड ल्याएका विद्यार्थीले कुनै दुई विषयमा मात्र सी वा डी प्लस ल्याएको भए मात्र फारम भर्न पाउछन । त्यसैगरी अर्को प्रावधान अनुसार सबै विषयमा डी प्लस वा सो भन्दा माथि ग्रेड ल्याएका विद्यार्थीले कुनै दुई विषयमा मात्र डी वा इ ग्रेड ल्याएका भए उनीहरुले पनि ग्रेड वृद्धिको अवसर पाउने छन । उपरोक्त अवस्थामा अनुपस्थित भएकाले समेत परीक्षामा सामेल हुन पाउने बताइएको छ भने कुनै एक विषयमा मात्र पनि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ ।
    तर, परीक्षाफल रद्द गरिएका र शैक्षिक प्रमाण पत्र प्राप्त गरिसकेकाले ग्रेड वृद्धिमा सहभागी हुन नपाउने प्रावधान राखिएको छ ।

    कहिले भर्ने र कहाँ भर्ने

    परीक्षा बोर्डले फारम भर्ने प्रयोजनको लागि आफ्ना सम्पर्क कार्यालयहरु तोकेको छ । विद्यार्थीले विद्यालयमा बुझाएको फारम विद्यालय मार्फत सम्पर्क कार्यालयमा भदौ ५ गतेभित्र बुझाइसक्नुपर्ने र सम्पर्क कार्यालयले भदौ ९ गतेभित्र सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पथाइसक्ने समयसीमा तोकीएको छ । फारम साथ वेव साइड बाट डाउनलोड गरिएको ग्रेड सीट समेत संलग्न हुनुपर्ने बताइएको छ ।

    हेर्नुस् सूचना

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...