News Portal

  • सहकारीको बेलगाम बनेको ब्याजदरमा सरकारले लगायो लगाम : तोकियो सीमा

    काठमाडौं, १७ साउन
    १४६९ पटक
    काठमाडौं, १७ साउन

    सहकारीमा बेलगाम बनेको ब्याजदरमा लगाम लाग्ने भएको छ । अब सहकारीले आफू खुसी ब्याज दर कायम गर्न नपाउने भएका हुन् ।

    यसअघि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका सहकारीलाई सरकारले पहिलोपटक निक्षेप र कर्जा दुवैको ब्याजदरको सिमा तोकिदिएको हो । बैंक तथा वित्तीय सस्थाहरुमा जस्तै अब सहकारीमा पनि ब्याजको सीमा लागू गरिएको छ । शुक्रवार सहकारी विभागले सहकारी संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर सीमा तोकेको हो।

    सहकारी विभागका रजिष्टारको संयोजकत्वमा बनेको १० सदस्यीय समितिले सहकारीमा ब्याजको सीमारेखा कायम गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । बैंक तथा वित्तीय संस्थामा जस्तै निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर ६ प्रतिशत कायम गरेको उक्त अवसरमा जानकारी गराएको छ ।

    यसअघि कर्जा लगानीमा २५ प्रतिशतसम्म ब्याज लिदै आएका सहकारीले अब कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् भने निक्षेपमा न्युनतम १० प्रतिशत ब्याज दिनुपर्ने व्यवस्था गरिएको छ ।

    अब निक्षेपमा न्युनतम १० प्रतिशत ब्याज दिनुपर्नेछ भने ऋणीबाट बढीमा १६ प्रतिशत ब्याज लिन पाउनेछन। यससंगै सहकारीमा पनि ब्याजमा स्प्रेड लागू भएको छ। सरकारले पहिलो पटक सहकारी संस्थाहरुको ब्याजदर तोकेको हो।

    सहकारीले कर्जामा महङ्गो ब्याज लिने र निक्षेपमा कम ब्याज दिने भन्ने आलोचना भईरहेका बेला विभागले पहिलो पटक ब्याजदरको सिमा तोकेको हो।

    यो ब्याजदर साउन १९ गतेबाट नै देशभरका सहकारीमा लागू हुने सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले बताए ।

    अहिले देशभर सहकारी संस्थाहरूको संख्या करिब ३५ हजार छन् भने बचत तथा ऋण सहकारी संस्थाको संख्या करिब १४ हजार रहेको छ । सहकारीमा सदस्य रहेका लाखौ मानिसहरु यसबाट लाभान्वित हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...