News Portal

  • सर्टिफिकेट बोकेर नेताको दैलो चहार्ने दिन अन्त्य गर्नुपर्छ : महेश बस्नेत

    भक्तपुर, १७ साउन
    २४९९ पटक
    भक्तपुर, १७ साउन

    पूर्वउद्योगमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विद्यालयहरु वेरोजगार उत्पादन गर्ने ठाउँ बन्नु नहुने बताएका छन् । शिक्षाले गरिखान सक्षम बनाउन सक्नुपर्नेमा जोड दिँदै उनले उक्त कुरा बताएका हुन् ।

    शिक्षा स्वरोजगार र उत्पादनसँग जोडिन सक्नुपर्नेमा जोड दिँदै उनले भने ”शैक्षिक प्रमाणपत्र बोकेर जागिरका लागि नेता र हाकिमका दैला चहार्ने दिन अन्त्य गर्नुपर्छ ।”

    शुक्रवार सूर्यविनायक नगरपालिका वडा नं. ५ सुशीला भैरवस्थित कटुञ्जे आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रमुख अतिथि रहेका सांसद बस्नेतले शिक्षा सपार्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको समेत बताए । संविधानले विद्यालय शिक्षाका धेरै अधिकार स्थानीय तहमा दिएको स्मरण गराउदै उनले आफूलाई चाहिने जनशक्ति निर्माण गर्नसक्ने गरी विद्यालय संचालन गर्न सुझाव समेत दिएका थिए ।

    उक्त अवसरमा सांसद बस्नेतले भक्तपुरमा ५५ वटा विद्यालय पुनर्निमाण सम्पन्न भएको भन्दै सूर्यविनायक नगरपालिकामा मात्रै २१ वटा विद्यालय पुर्ननिर्माण सम्पन्न गर्न सफल भएकोमा नगरपालिकाको प्रसंशा गरेका थिए । सूर्यविनायकले शिक्षामा विशेष जोड दिएकोले एसइइ नतिजा पनि राम्रो निस्किएको उनको भनाइ छ ।

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सामुदायिक विद्यालयको रुपान्तरणका लागि आफूहरु लागिपरेको दावी गरे । शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्राथमिकता पूर्वक कम भएका र धेरै उपलब्धी समेत प्राप्त भएको उनको ठहर छ । प्रमुख थापाले उक्त अवसरमा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भौतिक पूर्वाधार हुनुपर्ने आवश्यकता औल्याउदै शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत प्रकट गरे ।

    त्यसैगरि नगरप्रमुख थापाले ६९ लाखको लागतमा सोही विद्यालयमा नयाँ बन्न लागेको भवनको शिलान्यास समेत गरेका थिए ।

    विब्यस अध्यक्ष मनोज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ यम पी भुसालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष राजकुमार जोशी, पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भक्तपुरका प्रमुख डिल्लीश्वर प्रधान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज थापा, विद्यालयका प्रधानाध्यापक यम.पी भुसाल लगायतले शिक्षाको माध्यमबाट मात्र रास्ट्रको समृद्धिको सपना सकार हुनसक्ने बिचार ब्यक्त गर्दै आफूहरुले सकेको राम्रो गर्ने प्रतिवद्धता प्रकट गरे ।

    कटुञ्जे आधारभुत विद्यालयको नवनिर्मित भवन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को ८७ लाख ७ हजार ३ सय १८ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । उक्त दुईतले भवनमा ६ कोठा रहेका छन् । गत वर्ष असार २८ मा शिलान्यास भई निर्माण शुरु भएको उक्त भवन १ वर्षमै असार १५ मा निर्माण सम्पन्न भएको हो ।

    नयाँ भवन पाएपछि विद्यालयका विद्यार्थीहरु फुरुंग परेका छन् । नयाँ भवनसंगै नयाँ केहि गर्नुपर्ने जिम्मेवारी पनि थपिएको भन्दै विद्यालयका प्रअ भुसालले पठनपाठनलाई थप प्रभावकारी बनाएर लैजाने भक्तपुरपोस्ट संग बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...